सेक्स टोइजबाट यौनआनन्द लिने व्यक्तिहरूको संख्या बढ्दै गएपछि यसका निर्माताहरूको ध्याउन्न अझ राम्रा प्रविधि निर्माणतर्फ केन्दि्रत हुँदै गएको छ। सेक्स टोइजबाट यौनआनन्द लिनेहरूले उक्त दृश्य हेर्न पाए थप आनन्द मान्ने मनोवैज्ञानिक विश्लेषण गरिएपछि अहिले यसका निर्माताहरू उक्त प्रविधिको विकासतर्फ लागेका छन्। चीनको एक सेक्स टोइज निर्माता कम्पनीले क्यामेरा भएको सेक्स टोइजलाई हालै अन्तर्राष्ट्रिय बजारमा उतारेको छ। महिलाले प्रयोग गर्ने यो सेक्स टोइजमा जडान गरिएको क्यामेराले आनन्दको दृश्यलाई कम्प्युटर तथा स्मार्टफोनमा पठाउँछ। गागा नामकरण गरिएको उक्त सेक्स टोइज युएसबी केबलबाट चार्ज हुन्छ। साभाकोन कम्पनीले निर्माण गरेको यो सेक्स टोइजले अन्य सेक्स टोइजकै जस्तो आनन्द दिन्छ भने उक्त दृश्यलाई मनिटरमा प्रस्तुत गरिएपछि प्रयोगकर्ताहरू थप आनन्दित हुन्छन्। निर्माता कम्पनीले यसलाई यौन आनन्द प्राप्त गर्न मात्र नभएर चिकित्सकिय हिसावले पनि प्रयोग गर्न मिल्ने बताएको छ।