साप्ताहिक संवाददाता
टेकबहादुरले अभिभावकलाई फोन गरेर पहिले १० लाख रुपैयाँ मागे। पछि ५ लाख, १ लाख हुँदै ५० हजार रुपैयाँ दिए छाडिदिने बताए। नदिए मार्ने धम्की दिए। अभिभावकमध्येका धनबहादुर खड्काले पैसा लगेर बुझाए। उनले फरक-फरक ठाउँमा बोलाएर पैसा लिई अपहरण गरेका ३ जनालाई छाडिदिए। ' खाजा खाएको धेरै पैसा तिर्नु थियो, बुवा आमालाई भन्न सकिन,' प्रहरी हिरासतमा टेकबहादुरले भने, 'अपहरण कसरी गरिन्छ भनेर सोनी टेलिभिजनको कार्यक्रम सीआईडी हेरेको थिए, त्यही भएर बिना हतियार उनीहरूलाई अपहरण गरे।' टेकबहादुरले फिरौतीबापत प्राप्त गरेको ५० हजार रुपैयाँमध्ये १२ हजार रुपैयाँको मोबाइल किने भने ७ हजार रुपैयाँबराबरको फुटबल जर्सी खरिद गरे। अरू रकमले ऋण तिरे। प्रहरीले अभिभावकसँग फिरौती रकम माग्दा फोन गरेको नम्बर ट्रयाकिङ गरेर उनलाई समात्यो। उनका साथबाट जर्सी, मोबाइल र नगद २७ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरीका डीएसपी शान्तिराज कोइरालाले बताए।