अमेजन इन्टरटेन्मेन्टको आयोजनामा आगामी साउन र भदौ महिनामा क्रमशः 'मिसेस आर्यन नेपाल-२०१४' र 'तीज क्विन नेपाल-२०१४' हुने भएको छ। साउन २४ गते राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा हाल १५ जना प्रतियोगीले व्यक्तित्व विकास बोलीचाली अभ्यास तथा स्टेज पर्फमेन्ससम्बन्धी तालिम लिइरहेका छन् । त्यस्तै हरितालिका तीजलाई लक्षित गरेर युवती तथा महिलाहरूको कार्यक्रम तीज क्विन नेपालको आयोजना हुन गैरहेको छ। सो कार्यक्रममा ४० जना सहभागी रहने बताइएको छ।