साप्ताहिक संवाददाता
श्रावण ९, २०७१
कार्यक्रममा सहभागी भारतका सांस्कृतिक काउन्सिलर उत्तम पण्डितले नेपालीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले भारतीयहरूको मन जितेको बताए। भारतबाट नेपाल घुम्न जानेहरू नेपालको धार्मिक क्षेत्रको भ्रमण मात्र नभै नेपाली संस्कृति पनि बुझ्न र अवलोकन गर्न लालायित हुने पण्डितको जिकिर थियो।
पोखरास्थित मोडर्न इरा टुर्स एन्ड ट्राभल्सको आयोजनामा भारतका लागि नेपाली राजदूतावास नयाँदिल्लीको प्रायोजनमा नयाँदिल्लीमा सम्पन्न नेपाली कला-संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रममा नेवारी, गुरुङ, मगर, तामाङ, थारु आदि नेपाली संस्कृति झल्कने गीत एवं नृत्य प्रस्तुत गरिएको थियो।
सांस्कृतिक कार्यक्रमका लागि हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको नेतृत्वमा कलाकारहरूसहित ३२ सदस्यीय टोली दिल्ली पुगेको थियो।