साप्ताहिक संवाददाता
- सेतेमान तामाङ
नेपालमा सबैभन्दा पहिले बाटोघाटोको विकास आवश्यक छ। अर्को महत्त्वपूर्ण पक्ष गुन्डागर्दी नियन्त्रण हो।
- रोजी तामाङ
विकासका पूर्वाधारहरू खडा गर्न सरकारको ध्यान जानुपर्यो।
- इन्द्र जबेगु
गुण्डाहरूलाई नियन्त्रण गरे जनताले सुख पाउने थिए। धेरैजसो विकास-निर्माणका काम उनीहरूकै कारण रोकिएका छन्।
- कृषु मुगाली
सडक निर्माण सम्पन्न भै नसक्दै, भत्काउँदै जाने काम गर्नु भएन। यसरी सरकारको ढुकुटी रित्याउने काम गर्नु भएन।
- सोनिया थापा
नेपालमा सुधार गर्नुपर्ने ठाउँ धेरै छन्। सडक, ट्राफिक व्यवस्था त छँदैछ, शिक्षामा मनपरी शुल्क असुलिन्छ। हरेकले आ-आफ्नो जिम्मेवारी सम्हाल्ने हो भने धेरै गुनासो गर्नै पर्दैनथ्यो।
- कुमार क्षेत्री
मन्त्रालयमा हुने भ्रष्टाचार मात्र होइन, गाउँ, जिल्लाजस्ता स्थानीय सरकारी निकायमा हुने भ्रष्टाचारविरुद्ध पनि कारबाही हुनुपर्छ। नत्र भ्रष्टाचारले थप मौलाउने अवसर पाउँछ।
- योग उपाध्याय
तराईका प्रत्येक जमिनमा नहर पुग्नुपर्छ। भारततिर बग्ने पानीलाई हामी आफैंले सदुपयोग गर्नुपर्छ।
- कैलाश बस्नेत
फेसबुकमा कमेन्ट लेखेकै भरमा थुनिएको घटना हामीले देखे-सुनेकै हो। निर्धक्क भन्न पाइने भए चित्त नबुझेका कुरा लेख्थें। अहिले त लेख्नै डर लाग्छ।
- प्रसन्न उत्साही
नेताहरू आफ्ना बारेमा मात्र सोच्छन्, देशका बारेमा सोच्दैनन्। अनि कसरी बन्छ देश ?
- ममता अधिकारी
हाम्रो देशमा वास्तविक सुधार प्रारम्भ नै भएको छैन। सुधार गर्नुपर्ने कुरा अनगिन्ती छन्।
- लाल किराँती