साप्ताहिक संवाददाता
- नीता खनाल
फेसबुकमा कमेन्ट लेख्ने बानीचाहिँ त्याग्नुपर्ला भनेर सोच्दैछु। के थाहा, कमेन्ट हानेकै भरमा जेल जानुपर्ने हो कि ?
- विवेक राना
म रिस र अल्छी बानी त्याग्न चाहन्छु।
- सोनिया थापा
उनलाइ सम्झिन छाड्नुपर्ला।
- विदुर कुमार सिग्देल
रिसाउने बानी।
- उषा गौतम
बिहान ढिलो उठ्ने बानी।
- उज्ज्वल खनाल
अरूलाई झट्टै विश्वास गरिहाल्ने र माया गर्ने बानी त्यागिदिन्थें।
- विक्रम राई
धूम्रपान गर्ने बानी त्याग्छु।
- ललित श्रेष्ठ
तास खेल्न छाड्छु।
- निर्मल राई
केटी हेर्ने बानी त्याग्छु।
- नवजीवन थारु
मेरो बोल्ने ढंग त्यति राम्रो छैन, सुधार्न चाहन्छु।
- विनोद खतिवडा
छिटो रिसाउने अनि अलिअलि पिउने बानी त्याग्न मन छ।
- सागर घलान
कसैको आँखामा आँसु बगेको हेर्न सक्दिनँ। अरूलाई पीडा हुँदा मलाई बढी दुख्छ। यो बानी नियन्त्रण गर्न मन छ।
- चेतन भट्टराई
छिटै आँसु झार्ने बानी त्याग्छु।
- सामना राई
अरूलाई छिटो विश्वास गर्ने बानी।
- रोशनी मगर, उपेन्द्र गैरे, सुरज गौतम
पढ्न मन नलाग्ने बानी छुटाउनु छ।
- बासु दाहाल
बिर्सने बानी छ। त्यही त्याग्छु।
- विश्व गौतम
फेसबुक चलाउने तर पुस्तक नपढ्ने बानी त्याग्नु छ।
- अनिता कार्की
रिसाउने बानी।
- रोश्ना महजु केसी, सुरेन केरुङ
चुरोट पिउने बानी त्याग्छु।
- बेतबहादुर राना, सुनिल केसी
भन्न हुन्न, लाज लाग्छ मलाई त।
- अमृत गिरी
अरूले भनेको कुरामा विश्वास गरिहाल्ने बानी त्याग्न मन छ।
- तिलक कार्की, अभिषेक भट्टराई
धेरै छन् त्याग्नुपर्ने बानीहरू।
- दिवस पौडेल विवस
उधारो दिने बानी छ, त्याग्नुपर्ने।
- जयप्रकाश तामाङ
अल्छी गर्ने बानी छ। त्यही त्याग्नु छ।
- मनोजराज लिंखा
सबैप्रति विश्वास गर्ने तथा उधारो दिने बानी छ।
- श्याम श्रेष्ठ, सीताराम अर्याल
पूरा नहुने सपना देख्न छाड्छु।
- टीका
एक्लो महसुस गर्छु। यो बानी हटाउनु छ।
- गेहेन्द्र लिम्बू
बाइक चलाउँदा तरुनीतिर आँखा लगाउने बानी।
- अरुण पौडेल
नाच्ने, सपना देख्ने, गाउने बानी छाड्नुपर्नेछ, अनि ध्यान पढाइमा जान्थ्यो कि।
- निमेष पुन
फेसबुक चलाउने बानी ।
- सुमन पोखरेल
चोखो माया गर्ने बानी अलि कम गर्नु छ।
- बिन्दास पवन
छिट्टै विश्वास गर्छु। यो बानी त्याग्नुपर्ला।
- सिबी काजी
चाँडै अरूको विश्वास गरिहाल्ने बानी।
- भीमप्रसाद अधिकारी
त्याग्नुपर्ने बानी धेरै छन्। खै, कुन भनौं र ?
- रमेश तामाङ
त्यति सजिलै त्याग्न सक्ने भए त बानी नै लाग्ने थिएन नि।
- दीप शर्मा
आफ्नो कुरा माथि पार्ने बानी त्यागिदिन्थें।
- रितेश पन्थी
रक्सी पिउने बानी।
- प्रकाश दुलाल
बिहान अबेरसम्म सुत्ने बानी ।
- डिल्ली केरुङ
मेरो खराब बानी नै छैन। के छाड्ने होला ?
- स्मिथ खड्का
रिसाउने र बदला लिने भावना त्याग्नुपर्ला।
- दिपेन लिम्बू