मेरो यो उ मेरो मात्र होइन, ३ करोड नेपालीको उ हो। तपाईं कल्पना गर्न सक्नुहुन्न, यो मेरो कतिऔं भ्रमण हो। मलाई त थाहा छैन भने तपाईंहरूलाई थाहा हुने कुरै भएन।
भारत-नेपाल सम्बन्ध उत्तिनै पुरानो छ जति मेरो दाह्री र सोनियाजीको सारी छ। हाम्रो सम्बन्ध कागजको किस्तीबाट अघि बढेको होइन, कागजको नोटबाट सुरु भएको हो। म मूलतः नेपालगन्जको हुँ जुन भारतको सिमानामा पर्छ। नेपालगन्जबाट हिँडेर बनारस पुगी मैले नेपाली राजनीति प्रारम्भ गरेको थिएँ, आज दिल्लीनाथको चरणमा आएर उभिएको छु।
यो त्यो भूमि हो, जहाँ सीताजी रामसँग उ गर्थिन्। जहाँ आज कैकेयीको स्मरण गरिन्छ। यो त्यो भूमि हो, जसले विश्वलाई अचम्भित गर्ने मनमोहन सिंहलाई जन्म दियो, जसले एक शब्द नबोली सरकार चलाए। हाम्रो भारतसँग अर्को नाता पनि छ। काठमाडांैको जेलमा एउटा डन बस्छ, त्यसका केटाहरू यता भारतमा पनि छन्।
भारतको कुनै व्यक्ति कर छल्न चाहन्छ भने त्यस्तालाई नेपालमा सजिलो हुन्छ। नेपालमा कोही अपराध गरेर लुक्न खोज्छ भने उसलाई भारतमा सजिलो हुन्छ। यतिमात्र होइन, नेपालले त्यस्तो कुनै लडाइँ जितेको छैन, जहाँ भारतीयको तिकडम नरहेको होस्। चाहे सात सालको लडाइँ होस् वा माओवादी युद्ध होस् अथवा बासठ्ठी सालको लडाइँ होस्। नेपाललाई उचाल्ने पछार्ने काममा दिल्ली कहिल्यै पछि परेन। आज यहाँको तलब खाएर नेपाली राजनैतिक पार्टीमा बसेका सुराकीहरूलाई नमन गर्न पनि म यहाँ आएको हँु।
आज म भन्न सक्छु, भारतीय नागरिकमात्र होइन, झोकतन्त्रमा विश्वास गर्ने पूरै विश्व भारततर्फ केन्दि्रत भएको छ अर्थात् यो संसद्मा बसेका तपाईं सबैमा केन्दि्रत भएको छ।
लोकतान्त्रिक तरिकाले कुर्सी कसरी भाँच्ने, माइक कसरी कुच्याउने, दाँत कसरी झार्ने भन्ने विज्ञान संसारले यहींबाट सिकिरहेको छ।
लोकतन्त्रका केही पूर्वसर्त हुन्छन्। लोकतन्त्रमा सिसी मन हुनु जरुरी छ, जसले सिसीको पानी सुइँक्याएपछि हावामा खेती गर्न सकोस्। नदीबिना नै पुल बनाउन सकोस्। आश्वासनको बाली छर्न सकोस्। सहिदको व्यापार गर्न सफल होस्। जसले सय वर्षपछिसम्म पनि समाजलाई अघि बढ्न पनि नदेओस्, पछाडि फर्काउन पनि नसकोस्।
कहिलेकाहीं सोच्छु, भारतको संविधानले हिमालयलाई समुद्रसँग जोड्छ, तर बीचको हाम्रो पहाडलाई किन छोडेको होला ! पश्चिम काँगडादेखि पूर्व टिस्टासम्म जोड्ने संविधानले हामीलाई किन नसमेटेको होला, तर ३ करोड नेपालीको देशप्रेमका अगाडि मेरो यो मन त्यसै सेलाउँछ। इराकले कुवेत हेरेजस्तो, इजराइलले प्यालेस्टाइन घेरेजस्तो, रूसले युक्रेनसँग रिस फेरेजस्तो भयो भने त्यो विश्वका लागि वास्तविक उ हुनेछ।
हामीले इतिहासका धरोहरलाई हेर्यौं भने एक जना सम्राट् अशोक थिए जो युद्धपछि शान्तिको खोजीमा निस्किए र बुद्धको शरणमा गए। वर्तमानमा एक नेता थिए जो युद्धपछि शक्तिको पछाडि लागे र समाप्त भए। म तपाईंहरूलाई नमन गर्न आएको छु, जसले बुलेटको बाटो हिँडिरहेका प्रचण्डलाई ब्यालेटको मार्गमा ल्याए। ब्यालेटबाट साइजमा र साइजबाट मिनिसाइजमा राख्न सहयोग गरे।
म उनीहरूलाई पनि नमन गर्न आएको छु, जसले शस्त्रको बाटोबाट सुख प्राप्त हुन्छ भन्नेहरूलाई निःशस्त्र बनाए। तिनका सिद्धान्तलाई भुत्ते बनाइदिए। पैसाको खोलो बगाएर जनवादीलाई धनवादी बनाइदिए। यदि तपाईंको यो अभियान सफल भयो भने अब उप्रान्त अन्यायको विरुद्ध कोही पनि चुइँक्क बोल्नेछैन। जो बोल्न खोज्छ त्यसका मुखमा पैसाका बिटाले दनक दिएपछि दुई पुस्तासम्म मुख खोल्न सक्नेछैन। लोकतान्त्रिक व्यवस्थामा म यो सामथ्र्य देखिरहेको छु।
नेपालले सुरुदेखि नै मान्दै आएको छ, हाम्रो काम तपाईंहरूको काममा दख्खल दिने होइन, तपाईंले हाम्रो काममा दख्खल दिए चुँ बोल्नेछैन। नेपालको काम तपाईं जुन दिशामा जान चाहनुहुन्छ, त्यही दिशामा आँखा चिम्लिएर लम्पसार पर्नु हो। भारत एक पावरभौम राष्ट्र हो (ताली)। हाम्रो इच्छा यति हो कि हामीलाई पावरमा पुर्याइदिनु पर्यो।
लोकतन्त्र सर्वसमावेशी होस्। गरिब होस्, धनी होस्, पढेको होस्, नपढेको होस्, हरेक नागरिकलाई लागोस्, यो व्यवस्था मेरो हो। भोकाले भनोस्, आहा, क्या मिठो भात। नांगाले भनोस्, आहा ! क्या न्यानो कपडा। अन्धाले भनोस्, वाउ, कस्तो सुन्दर दृश्य। चोरले पनि ठानोस्, लोकतन्त्रमा चोर्न पाइन्छ। डाँकाले पनि गर्व गरोस्, गणतन्त्रमा लुट्न पाइन्छ। लोकतन्त्रमा सबैले ठानून् यसमा मेरो फुलको पनि सुगन्ध आइरहेको छ, त्यस्तो काम तपाईंहरू गरिरहनुभएको छ।
नेपाल र भारतको नाता यस्तो छ, भारतमा बाढी आउँदा नेपाल डुबानमा पर्छ। यहाँ ऋतिक रोशन बोले उता आगो लाग्छ। भारतमा मन्त्री बोले नेपालको संसद् हल्लिछ। यस्तो गहिरो नाता छ। जब तपाईं चैनसाथ सुत्नुभएको छैन भने नेपाललाई पनि तपाईंले चैनसँग बस्न दिनुहुन्न। जब हिजो कोसीको बाढीको कुरा बाहिर आयो, तब ब्यारेजका ढोका खोल्न हामीलाई कस्तो गाह्रो भयो। तपाईंले आदेश दिएपछि बल्ल ढोका खुले। तपाईंहरूको सुरक्षाका लागी नेपाल जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ।
भारत जहाँ जन्मिएका गान्धीले शान्तिको प्रकाश दिएर मनको हिंसा हटाएका थिए र मानव जातिलाई नयाँ चेतना प्राप्त भएको थियो। भारतको उक्त ज्योति नेपालमा पनि चम्किरहेको छ। जतिसुकै बलमिच्याइँ गर्दा पनि मौन रहने कला हामीले भारतबाटै सिकेका हौं। त्यसो त यो कुरा म जान्दिनँ, यसलाई कसरी हेरिन्छ। पानी र नानी पहाडमा काम लाग्दैनन्। त्यसैले हामीले नानीहरू बम्बईमा सप्लाइ गर्ने गरेका हौं भने पानी दिल्लीतिर पठाउने योजना बुनिरहेका छौं।
यो देश त्यस्तो देश हो जहाँ लक्ष्मण मूच्छिर्त भएका थिए। कसै गर्दा पनि उनको उपचार हुन नसकेपछि हनुमान जडीबुटी खोज्न नेपालतर्फ लागेका थिए। नेपालबाट ल्याइएको जडीबुटीले लक्ष्मण ठिक भएको इतिहास रामायणमा पाइन्छ। तर हामीहरू, त्यो जडीबुटी खोज्न नसकेर सानातिना रोगको उपचार गर्न पनि सिंगापुर, बैंकक, अमेरिका र भारत धाउँछौं। हामी दुवै मिलेर त्यो जडीबुटी पत्ता लगाउनुपर्छ। त्यसका लागि पशुपतिनाथले हनुमानजीसँग गहिरो मित्रता गाँस्नु आवश्यक छ। यसका लागि नेपाल-भारतसँग पैरमा काँध मिलाएर अघि बढ्न तयार छ। जय उ।