नायक निर्मल सेन्चुरी तथा नायिका रागिनी खड्कीको जोडीले ह्याटि्रक गरेको छ। प्रदर्शनमा आइसकेको चलचित्र 'ब्रह्मा' मा पहिलो पटक अनस्क्रिन रोमान्स गरेको यो जोडीले त्यसपछि थप दुईवटा चलचित्रमा एक-अर्काको जोडीका रूपमा अभिनय गरेर ह्याटि्रक गरेको हो। प्रदर्शनको तयारीमा रहेको आरबिके शरद निर्देशित चलचित्र 'सिसा' बाहेक अर्को एउटा चलचित्रमा समेत यो जोडी दोहारिएको छ। पोस्ट प्रोडक्सनमा रहेको चलचित्र 'तनाव' मा पनि निर्मल र रागिनीलाई नै नायक-नायिका छन्। निर्मलले रागिनीको साथ नपाएको एउटा मात्र चलचित्र हो 'मिस्टेक'। ऋषिराज आचार्यको चलचित्र मिस्टेकमा निर्मललाई हषिर्का श्रेष्ठले साथ दिएकी छिन्। एकपछि अर्को गर्दै रागिनीसँग मात्र जोडी बनाइरहेका निर्मलले साप्ताहिकको एउटा जिज्ञासामा भने— 'वास्तविक जीवनको जोडी भगवान्ले बनाउँछन्, चलचित्रको जोडीचाहिं निर्देशकले। मेरो र रागिनीको जोडि बनाउने सम्पूर्ण श्रेय सम्बन्धित चलचित्रका निर्देशकलाई जान्छ।'