- राजेश हमाल, महानायक
मलाई नेताजात्रा नै रोचक लाग्छ, किनभने नेताजात्रा हास्यकलाकारहरूको भन्दा धेरै नै रमाइलो, अनुपम, मौलिक हुन्छ। त्यही भएर नेताजात्रा नै बेस्ट।
- विवेक खतिवडा, भिजे/निर्देशक
मलाई त नेताहरूजात्राको छेउमा पनि पुग्न सक्दैन जस्तो लाग्छ हास्यकलाकारहरूको गाईजात्रा। नेताजात्रा भनेको सलमान खानको चलचित्रजस्तो सधैं सय करोड क्लबमा जान्छ, कहिले उपचारका लागि राज्यकोषबाट करोड झ्याप, कहिले संसद्कोषबाट करोड झ्याप, सलमान पनि सय करोडको, यिनीहरू पनि सय करोड क्लबको। त्यसैले कहाँ कलाकारहरूको गाईजात्रा कहाँ नेताजात्रा ?
- दीपकराज गिरी, हास्यकलाकार
हास्यकलाकारहरूको गाईजात्रा रोचक एवं घोचक हुन्छ। हास्यकलाकारहरूको प्रस्तुति हास्यव्यंग्यात्मक हुने भएकाले हेर्न मज्जा हुन्छ। नेताजात्रा त घिनलाग्दो ढंगले कुर्सी तानातानमा सीमित हुन्छ।
- देविका केसी, लोकदोहोरी गायिका
हास्यकलाकारहरूको गाईजात्रा धेरै मनपर्छ, किनभने नेताहरूको एक्टिङ मलाई त्यति ठीक लाग्दैन। बरु हास्यकलाकारहरूले गर्ने नेताको एक्टिङ हेर्न रमाइलो लाग्छ।
- बादल प्रसाई, गायक
हास्यकलाकारहरूको गाईजात्रामा नेताजात्रा मिसाउनैपर्छ, त्यही भएर हास्यकलाकारहरूको गाईजात्रा नै जिन्दाबाद।
- दीपाश्री निरौला, हास्यकलाकार
मलाई नेताजात्रा नै रोचक लाग्छ। हास्यकलाकारहरूको गाईजात्रा वर्षमा एकपटक मात्र आउँछ, वर्षमा एकपटक मात्र हाँस्न पाइन्छ तर नेताजात्रा दिनैपिच्छे मञ्चन भैरहेको हुन्छ, हेर्नलाई टिकट पनि काट्नुपर्दैन, सधैं नि:शुल्क हाँस्न पनि पाइन्छ।
- पर्शुराम रिजाल, गायक
नेताजात्रा नै रोचक छ। हास्यकलाकारहरूको गाईजात्रामा सीमित दर्शकलाई कलाकारहरूले हँसाउँछन् तर नेपाली नेताजात्राले विश्वलाई नै हँसाएको छ।
- निर्मल शर्मा गैंडा, हास्यकलाकार
नेताजात्रा मलाई त गज्जब लाग्छ, कलाकारले त नेताले गरेको गल्तीलाई कलात्मक बनाएर मनोरन्जन दिने मात्र हुन् तर गाईजात्रामा नेताजात्राको असली रूप देख्न पाइन्छ। यसले जनतालाई सचेत बन्न मद्दत गर्छ। खासमा कलाकारको गाईजात्रा नेताजात्राकै प्रभाव हो, त्यसैले नेताजात्रा ठीक।
- निरु खड्का, हास्यकलाकार
हामी विचरा हास्यकलाकारको गाईजात्रा एक दिनको हुन्छ, नेताजात्रा वर्षदिनभरिको हुन्छ। फरक यति मात्र हो कि हास्यकलाकारको गाईजात्राको हरेक शो हाउसफुल हुन्छ, नेताजात्रामा जहिले पनि हाउस खाली रहन्छ।
- सन्दिप क्षेत्री, हास्यकलाकार
नेताजात्रा मनपर्छ, किनभने नेपालका नेताहरू रियल आर्टिस्ट हुन्। कलाकारहरू गाईजात्रामा अभिनय देखाएर वर्षमा एकपटक शो गर्छन् भने हाम्रा नेताहरू ३ सय ६५ दिन नै गाईजात्रा देखाउँछन्। कलाकारको गाईजात्रामा भिन्न कलाकारले भिन्न एक्टिङ गर्छन्, नेताजात्रामा एउटैले पनि विभिन्न रूप देखाउँछन्।
- प्रकाश पौडेल, गायक
हास्यकलाकारहरूको गाईगोरु जात्रा त सिजनमा मात्र हो, नेताजात्रा त बाह्रैमास चल्छ । त्यसकारण नेताजात्रा नै ठीक। नारी-पुरुष बराबर भन्ने भएकाले गाईगोरु भनेर समावेशी कुरा गरेको नि ।
- विल्सन विक्रम राई तक्मेबूढा, हास्यकलाकार
हास्यकलाकारहरूको गाईजात्राभन्दा त नेताजात्रा नै रोचक लाग्छ, किनभने नेताजात्रा सधैं फ्रीमा हेर्न पाइन्छ, त्यो पनि घर बसी-बसी। कोही निदाएका, कोही मोबाइलमा झुन्डिएका, कोही फेसबुक चलाइरहेका, अनि कोही झगडा र कुर्सी हानाहान गरिरहेका पाइन्छन् भने टिकट काटीकाटी किन हलमा गएर त्यही नक्कल गरेको कलाकारको गाईजात्रा हेर्नु ? यहाँ फ्रीमा पर्याप्त मनोरन्जन पाइराखिएको छ।
- सविना कार्की, गायिका
खै कुन मनपर्छ भन्ने हास्यकलाकारहरूको गाईजात्रा हेर्न जान्छु राम्रै लाग्छ, नेताजात्रा हेर्यो त्यो अझ राम्रो लाग्छ, जसको हेरे नि मज्जाले हाँस उठ्छ।
- बाबु बोगटी, नायक/गायक
मलाई त हास्यकलाकारहरूको गाईजात्रा नै मन पर्छ, अहिलेका नेताहरू भनेका त डिजिज हुन्। म त यिनीहरूबाट सधैं टाढा रहन रुचाउँछु, अब त अति नै भैसक्यो, यिनीहरू हाँसोको पात्र हुन पनि लायक छैनन्।
- गिरीश खतिवडा, र्यापर/संगीतकर्मी
दुवै उस्तै-उस्तै हुन्। हास्यकलाकारहरूले नेतालाई दह्रो गोद्छन् भने नेताले नेताजात्रा देखाएर जनतालाई गोद्छन्।
- राजन इशान, संगीतकर्मी
मलाई त नेताजात्रा नै रोचक लाग्छ,
हास्यकलाकारहरूले अभिनय गरेर हँसाउनु सामान्य कुरा हो, देश चलाउने नेताहरूले नेताजात्रा देखाउन लागेपछि त्यो रोचक अनि घोचक हुने भैहाल्यो नि। अब त यस्तो लाग्छ, हास्यकलाकारहरूलाई देश बनाउने जिम्मा दिएर नेताजात्रा गर्नेहरू कमेडियन एक्टरको भूमिकामा आउनु राम्रो हुन्छ कि ?
- सालु गौतम, मोडल
सबै नेता नराम्रा भन्न पनि मिल्दैन, राम्रा एजुकेटेड नेताहरू पनि छन् तर, हामी जनता जुन नेतामाथि भर गर्छौं उसैले खासै केही गरेजस्तो देखिँदैन। हामी जस्ता योङस्टर्सहरू पलायन हुनु भनेकै राष्ट्र बनाउने नेताको कमजोरीका कारणले हो। मलाई त नेताजात्राभन्दा हास्यकलाकारहरूको गाईर्जात्रा नै रमाइलो लाग्छ, एटलिस्ट पेट मिची-मिची हाँस्न त पाइन्छ। मन पनि खुस, स्वास्थ्यका लागि पनि राम्रो।
- शशि खड्का, मोडल/नायिका
नेता र अभिनेताको बीचमा एउटै शब्दको मात्र फरक छ, अभि ! त्यसैले दुवैको जात्रामा खासै फरक छ जस्तो लाग्दैन, नेताहरूले वर्षैभरि गाईर्जात्रा गर्छन्, कलाकारले त्यसको नक्कल गर्ने मात्र हुन्। कलाकारको गाईर्जात्रा नेताजात्राको प्रतिछायाँमात्र हो। नेता नहुँदा हुन् त कलाकारको गाईर्जात्रा स्वत छायाँमा पर्ने थियो।
- मनोज गजुरेल, हास्यकलाकार
नेताजात्राले त टेन्सन नै भैसक्यो नि, त्यही भएर कलाकारहरूकै गाईर्जात्रा रोचक र रमाइलो लाग्छ, एकछिन भए पनि नेताजात्राको टेन्सन दूर हुन्छ।
- अन्जना गुरुङ, गायिका
मलाई त नेताजात्रा मन पर्छ, किनभने उनीहरूले रंग फेरेको देख्दा छेपारोले पनि लाजले आत्महत्या गर्छ भन्ने समाचार पनि आइसकेको छ।
- निशा शर्मा, अभिनेत्री/रंगकर्मी
नेतृत्वले वर्षभरि लगाएर गर्ने बितन्डाभन्दा जाबो एक साताको कलाकारको गाईर्जात्राले बढी चर्चा पाएबाटै यसको रोचकता कसको जात्रामा छ, तर्क दिएर भनिरहनुपर्ला र ?
- नारद खतिवडा, हास्यकलाकार
मलाई नेताजात्रा नै रोचक लाग्छ, रियल-टेस्ट नेताजात्रामा पाइन्छ, हास्यकलाकारको गाईर्जात्रा एक साताको मात्र हुन्छ, तर नेताजात्रा त वर्षैभरि हेर्न पाइन्छ।
- श्वेता सिन्हा, समाचारवाचिका
मलाई कलाकारहरूको गाईर्जात्रा नै बढी रोचक लाग्छ, किनभने नेताजात्रा हेर्दा त रुन मन लाग्छ, गाईर्जात्रा हेर्दा हाँस्न पाइन्छ। रुनुभन्दा हाँस्नु स्वास्थ्यका लागि राम्रो हुने हुँदा गाईर्जात्रा नै दामी।
- ज्योति मगर, गायिका