साप्ताहिक संवाददाता
श्रावण २३, २०७१
श्रेष्ठका अनुसार यो नाच हरेक वर्ष श्रावण शुक्लप्रतिपदाको दिनदेखि ८ दिनसम्म मनाइने गाईजात्रा पर्वका अवसरमा भक्तपुरमा मात्र नाचिन्छ। दुई जोडीले बाजाको तालमा लठठी ठोक्काउँदै नाचिने नाचलाई घिन्ताङघिसी नाच भनिन्छ। यो अवसरमा कतिपयले मृतकको स्मृति झल्काउने गीतिलीलासमेत प्रदर्शन गरी नगर परिक्रमा गर्छन्। यो अवसरमा कालो माटोको साँढे बनाइ त्यसको श्रृंगार गरेर खटमा राख्ने र केटाकेटीलाई आकर्षक तवरले सिंगारी बाजागाजाका साथ नगर परिक्रमा गरिन्छ। यो नाच हेर्न टाढा-टाढाका मानिस भक्तपुर पुग्छन्।