साप्ताहिक संवाददाता
- मनोज मल्ल
नेताहरूको काम-कारबाहीले गर्दा गाईजात्रा त ठप्पै भयो नि।
- उज्वल खनाल
टि्वटरतिर गाईजात्रा हेरिसक्नु छैन। थरीथरीका नाम, थरीथरी टि्वट, थरीथरीका नाटक। अब वर्षमा एक पटक आउने गाईजात्राको के काम ?
- निर्मल अधिकारी
महत्त्व कहाँ घट्यो र खै ? बढेकै छ। सरकार, कलाकार, जनता हामी सबै गाईजात्रा देखाउन लागिपरेका छौं।
- सुबिकु
नेताहरूले सदाबहार प्रहसन देखाउन थालेपछि गाईजात्राको महत्व घटेको अनुभूति भएको छ।
- दिपेश
के-को महत्त्व घट्नु ? वर्षभरि नै गाईजात्रा चलिरहेकै छ नि, राजनीतिक गाईजात्रा।
- ललितजंग कार्की, ब्रोकन डि्रम्स
अहिले दिनहुँ गाईजात्रा हेर्न पाइन्छ, अनि वर्षमा एक पटक आउने गाईजात्राको महत्त्व त घटिहाल्छ नि।
- विक्षिप्त मन
हो, पहिलेको जस्तो महत्व देखिँदैन। कारण धेरै हुन सक्छन्।
- सरु थापा
बेस्सरी घट्यो। विदेशी संस्कृतिको प्रभाब बढ्दै गएकाले हो कि ?
- तेजेन्द्र जिसी
सामाजिक सञ्जालतिर त बढेकै छ नि।
- राम दाहाल
संविधानसभा भवनमा दिनहुँ गाईजात्रा भएपछि वास्तविक गाईजात्राको महत्व त घटिहाल्छ नि।
- सुप्रभा शर्मा
हरेक क्षेत्रमा व्यंग्य नै व्यंग्य छ। गाईजात्राको मिति नै कुरिरहनु पर्दैन।
- सिद्धार्थ
समय स्थिर छैन, यो बदलिरहन्छ। पहिले गाईजात्रा भन्थे। अहिले त्यसैलाई नेताजात्रा भन्छन्।
- सविता थापा
देशकै गाईजात्रा हेर्न व्यस्त भैरहेका बेला मानिसहरूले कहाँ परम्परागत गाईजात्रा हेर्न भ्याउँछन् र ?
- अमरबाबु
एक दिनको गाईजात्राले के नै छुन्थ्यो र ? खासै महत्व भएजस्तो लाग्दैन। अचेल घटिरहेेजस्तो लाग्छ।
- नवीन कटवाल
महत्व नहुने त कुरै भएन नि। हाम्रा चाडबाडहरूको आफ्नै मूल्य, मान्यता छ। तिनको महत्व कहिल्यै घट्दैन।
- करुणा आचार्य
एकदिन मनाइने गाईजात्रा हाम्रा नेताहरूले वर्षभरि मनाउन थाले अनि महत्व घट्ने भएन त ?
- शालिग्राम
देशको बेथितिलाई सबैले गाईजात्रासँग तुलना गर्छन्। त्यसैले गाईजात्राको उत्सुकता र महत्व घटेको छ।
- रवि नेपाल
राजनीतिक दलहरूको व्यवहार एवं भाषण सुन्दा त घटेको होइन बढेजस्तो लाग्दैछ।
- नारायण
नेपालमा सबै चाडपर्वको महत्व घटिरहेको छ। महँगी र बेरोजगारीले सबै चिजलाई छायाँमा पारिसकेका छन्।
- रमिला कायस्थ
घटेजस्तै छ । अहिलेको यो समयमा मान्छेले पहिलोको रीतिरिवाज छाडिसकेका छन्। संस्कृति बिर्सिसकेका छन्।
- प्रताप खड्का
गाईजात्राको महत्व घटेको अवश्य हो, र त्यसको कारण लामो समय अघिदेखि नै तीजको रमझम बढ्नु हो।
- एचआर मुस्कान
यो विशेषत: नेवारको चाड हो। अहिले गाईजात्रालाई नेवारहरूले नै बेवास्ता गरेजस्तो लाग्यो।
- पारंगत
घटेजस्तो त लाग्दैन, बढिरहेकै छ।
- सन्दर्भ थारु
कहाँ घट्नु नि ? अझ बढिरहेको छ। सभासदहरूले वर्षभरि गाईजात्रा देखाएपछि कहाँ महत्व घट्छ र ?
- नवीन भट्ट
वास्तविक गाईजात्राको महत्त्व घटे पनि अरू जात्राको महत्व दिनहुँ बढिरहेको छ।
- कामना श्रेष्ठ
खोइ, के भनौं र ?
- आदित्य
नेपालमा दिनकै सय-पचास जात्रा देख्न पाइन्छ। कसम, ती जात्रा गाईजात्राभन्दा खतरनाक हुन्छन्।
- कमल कार्की
हो, पहिले धेरै रमाइलो हुन्थ्यो। अहिले त सबैले त्यसको महत्व बिर्संदै गएका छन्।
- मिलन मगर