उनीहरूले नेताहरूलाई सद्बुद्धि आओस् भनेर प्रार्थना गरे भने जातीय सदभाव कायम गराउन शब्दान्तक्षरीमार्फत चोटीलो प्रस्तुति दिए। त्यस्तै उनीहरूले बोर्डर चेकमा नेपाली सीमा मिचिएको प्रसंग उठाए। म डनको फोटो स्टुडियोमार्फत नेताले डन पाल्ने प्रवृत्तिको भण्डाफोर गरे।
उनीहरूको सबै प्रस्तुति हँसाउने एवं समसामयिक विषयवस्तुप्रति तीखो घोचपेचयुक्त रह्यो। महका साथमा नरेन्द्र कसांकार, वसुन्धरा भुषाल, राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, दिलीप रायमाझी, यमन श्रेष्ठ तथा मोहितवंश आचार्यले पनि प्रस्तुति दिए।
नायक दिलीप रायमाझीको आकर्षक नृत्यले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको थियो। भिन्न र सन्देशमूलक स्टेज कार्यक्रम प्रस्तुत गर्दै आएका महजोडीले कार्यक्रम अवधिभर दर्शकलाई बाँधेर राखे। विगत १५ वर्षदेखि टुबोर्गको सहकार्यमा महजात्राको यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसपटक भने आठ वर्षको अन्तरालपछि यो कार्यक्रमले निरन्तरता पाएको हो।