साप्ताहिक संवाददाता
- सुजन सुबेदी
मलाइ गाडी बोक्ने बूढाको जीवनशैली मन पर्यो। उहाँजस्तो व्यक्तिलाई हामीले सम्मान गर्नुपर्छ।
- पूणिर्मा लिम्बू
मनोज गजुरेलको लेख रमाइलो लाग्यो। नेपालका प्रधानमन्त्री कोइरालाले भारतीय संसद्मा गर्नुभएको काल्पनिक सम्बोधन हाँसउठ्दो छ।
- राजु कार्की, सोल्टु-७, पालुङ
दीपकराज गिरीले लेखेझैं चलचित्र मुखौटाको नाम नै कस्तो-कस्तो छ। अब त चलचित्र उद्योगमा नामकै खडेरी पर्न थालिसकेको छ।
- पवित्रा कार्की, गोर्खा
रवि डंगोलसँगको अन्तर्वार्ता एकदम मनपर्यो। (सबै बेइमान भएपछि म किन इमानी हुने, साउन २३) उनको 'धेरै पटक तरकारी नबिकेर मिल्काउनुपरेको छ' भन्ने अभिव्यक्तिले मन छोयो। उनी संघर्ष गरेर यो क्षेत्रमा आएका हुन्। निश्चय नै उनको मेहनतले रंग ल्याउनेछ।
- अभिसेक शाह
गत हप्ता फेसबुक फन्डामा प्रकाशित आधुनिक नेपालका उखान-टुक्का तथा गाउँखाने कथा एकदम रोचक र यथार्थपरक लागे। त्यसले समाज, देश, राजनीति, युवा पुस्ता, पढाइ सबैलाई समेटेको छ।
जनक ओडारी, हेटौंडा
फेसबुकको यो निर्णय उचित लागेन। (मोबाइलबाट फेसबुक म्यासेज नचल्ने, साउन २३)
म्यासेन्जर डाउनलोड गर्न झन्झटिलो हुन्छ। सीधै फेसबुकको इनबक्सबाट म्यासेज पठाउने सुविधा मिलाउनु राम्रो।
- सुरेन पालिखे, पोखरा
स्मार्टफोनमै हेल्थ फिचर पढेर नयाँ जानकारी मिल्यो। (स्मार्टफोनमै हेल्थ फिचर, साउन २३) यसले दैनिक जीवनमा सहजता थपिनेछ।
- शरद अग्रवाल, न्युरोड
मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जोडी जसरी नै उहाँहरूको सन्तान यमन श्रेष्ठ र मोहितवंश आचार्य पनि जम्न सक्नुहोस्— शुभकामना।
- पूर्ण अधिकारी, धनगढी