होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडललाई नेपाली बजारमा ल्याएको छ। जेलिबिन अपरेटिङ सिस्टममा चल्ने यो सेटलाई हाल किटक्याट अपरेटिङ सिस्टममा परिवर्तन गरीएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन हो— किटक्याट। नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका थ्रीजी स्मार्ट फोनहरूमध्ये बिक्यूको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ। आउँदो आर्थिक वर्षमा ३० हजारभन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्री गर्ने कम्पनीको लक्ष्य छ। उक्त फोनमा ३ दशमलव ५ इन्च डिस्प्ले, थ्रीजी नेटवर्क, डयुअल सिम, १ दशमलव २ गिगाहर्ज ड्युअल कोर प्रोसेसर, दुइवटा क्यामेरा, वाइफाइका साथै फ्ल्यास लाइटसमेत छ। उक्त सेटको मूल्य ६ हजार ८ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।