साप्ताहिक संवाददाता
आस्था राउत, गायिका
म त जतिपटक लडेकी छु त्यसमध्ये ८० प्रतिशत हिलोमै चिप्लिएर लडेको छु, केराको बोक्रामा चिप्लिएर लड्दा जुन सप्राइज हुन्छ, त्योचाहिँ हिलोमा लड्दा हुँदैन, तर हिलोमा लड्दा हिलो लागेर हुलिया नै परिवर्तन हुन्छ। देख्ने मानिसहरूलाई त्यो अवस्था एकदमै रमाइलो लाग्छ। यत्तिको मज्जा अरू लडाइमा हुँदैन। स्कुल जाँदा१५ मिनेट कच्ची बाटो हिँडेर जानुपथ्र्यो, बर्खामा बाटो सार्है हिलो हुने भएकाले कम्तीमा एकपटक नलडी कोही घर फर्कंदैनथे, म लड्दा अरू हाँस्थे, अरू लड्दा म।
सुरेश अधिकारी, गायक
म थुप्रैपटक हिलोमा चिप्लिएर लडेकी छु। जतिपटक लडे, त्यति नै पटक अरूको हाँसोको पात्र पनि भएँ। कसैलाई चिप्लिएर लडेको देख्दा हाँस्नु हाम्रो बानी नै हो।
सुप्रिया कटुवाल, मोडल
छ कक्षा पढ्दा भारतको आसाम गएको थिएँ । पानी परिरहेको थियो, म नेपाल आउन ट्रेन चढ्न भनेर निस्किएको थिएँ, मामाघरको आँगनमा दुइटै खुट्टा चिप्लिएर यस्तो लडें कि पूरै जीउ हिलोमा। मैले हात्तीछाप चप्पल लगाएको थिएँ, म लडेको देखेर सबै जना हाँस्न थाले, रिसले मैले दुईवटै चप्पल चियाबारीमा हुइँक्याइदिएँ, ड्याडीले अर्को चप्पल किनिदिएपछि मात्र म नेपाल आए।
प्रमोद खरेल, गायक
हो त, बाल्यकालमा कहिलेकाहीं पानीमा रुझ्न मन लाग्थ्यो, अनि थाहै नपाई चिप्लिएर लड्थे।
रजिना रिमाल, गायिका
किन नलड्नु .... केटाकेटी छँदा आफूलाई मनपर्ने केटीको घरछेउमा उनलाई हेर्दै हिँडिरहेको थिएँ, हातमा दूध थियो, ऊ अगाडि थिई, म चिप्लिएँ अनि घरमा गालीको वर्षा भयो।
अयुब केसी, नायक
सिमसिम पानी परिरहेको थियो, मेरो अघि-अघि हिँडिरहेका केटीहरूको ग्रुपलाई उछिनेर हिँड्ने हुँदा उनीहरूका अगाडि चिप्लिएर बजारिएको स्कुल जीवनको सम्झना झल्झली छ।
अमित विष्ट, गायक
सानो छँदा मामाघर जाँदा रोपाइँ भैरहेको रहेछ। हलो जोत्ने ठाउँमा गएँ, पटा लगाईर्रहेका थिए। म पटामा चढ्ने भएँ, खुट्टा अल्झियो, त्यसपछि २-३ राउन्ड हिलो खेतमा घुमेको घुम्यै गरियो। पछि रोकिँदा लगाएको हाफपाइन्ट कहाँ पुगेछ, सानो भए पनि लाज लाग्यो, हाँस्नको सास्ती।
विल्सन विक्रम राई, तक्मेबूढा