पूर्वफुटबलर डेभिड बेबेकह्यामकी श्रीमती तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामले आफ्नो वार्डरोबबाट ६ सयभन्दा बढी फेसन आइटम लिलाम गर्ने भएकी छिन्। यी सबै फेसन कलेक्सन उनको जीवनका महत्त्वपूर्ण पक्षहरूसँग सम्बन्धित छन्। लिलामीको सूचीमा विश्वकै सर्वश्रेष्ठ ब्रान्ड पनि सामेल छ। भिक्टोरियाले गर्न लागेको यो लिलामी सामाजिक उद्देश्यमा आधारित छ। लिलामीबाट आएको पैसा मदर्स टु मदर्स नामक संस्थालाई हस्तान्तरण गरिनेछ। यो संस्थाले एचआईभी पीडित आमाहरूलाई जागरूक तथा उनीहरूका सन्तानलाई यो रोग लाग्नबाट जोगाउन मद्दत गर्दै आएको छ। अगष्टको अन्त्यसम्ममा हुने अनलाइन लिलामीका लागि भिक्टोरियाले सबै फेसन आइटमलाई अलग-अलग क्याटोगरिमा विभाजन गरेकी छिन्।