साप्ताहिक संवाददाता
लक्ष्मीप्रसाद देवकोटाको यो कृतिमा माया-प्रेम, विछोड, पीडा, भोगाइ अनि धनी-गरिबको यथार्थताको मन छुने प्रस्तुति छ।
चलचित्र : थ्री इडियट
वास्तविक जीवन चित्रण गरिएकाले यो हिन्दी चलचित्र मलाई मन पर्छ।
अभिनेता : राजबल्लभ कोइराला र सुरजसिंह ठकुरी
बहुप्रतिभाशाली यी अभिनेताको अभिनयमा पनि वास्तविकता झल्कन्छ। सुरजसिंह ठकुरीको व्यक्तित्व पनि आकर्षक छ।
अभिनेत्री : निशा अधिकारी र केकी अधिकारी
सुन्दर तथा बौद्धिक लाग्ने यी नायिकामा अभिनयमार्फत यथार्थता प्रस्तुत गर्न सक्ने क्षमता छ। केकी अधिकारी हरेक प्रकारका भूमिकामा सुहाउँछिन्।
हास्यकलाकार : दीपकराज गिरी र दीपाश्री निरौला
यी दुई कलाकारमा दर्शकलाई हँसाउन सक्ने क्षमता छ। टाइमिङअनुसार जीवन्त अभिनय गर्ने यी दुई कलाकारको प्रतिभालाई म सलाम गर्छु।
परिकार : हट म:म
जाडो र गर्मी दुवै मौसममा मलाई यो परिकार उत्तिकै स्वादिष्ट लाग्छ। त्यसबाहेक सानैदेखि मीठो मानेर खाएको परिकार पनि म:म नै हो।
गायक : रामकृष्ण ढकाल
सुगम संगीतका यी गायकले स्वरसम्राट् नारायण गोपालकै झझल्को दिइरहन्छन्। उनी प्राय: जीवनसँग नजिकका गीत गाउने भएकाले मलाई उनको स्वर मनपर्छ।
गायिका : मिलन अमात्य
मिलनको स्वर आधुनिक, पपदेखि चलचित्रका गीतसम्म उत्तिकै फिट छ। यी गायिका आकर्षक व्यक्तित्वकी धनी मात्र छैनन्, उनको स्वरमा जादुसमेत छ।
सवारी साधन : मोटरसाइकल
काठमाडौंको व्यस्त सडकमा योभन्दा उपयोगी र सजिलो सवारी साधन अरू केही होलाजस्तो लाग्दैन। मोटरसाइकलमा हिंड्दा काम चाँडो हुन्छ, जामबाट बचिन्छ।
मन्दिर : पशुपतिनाथ
आराध्य देव भगवान् शिवको यो पवित्र तीर्थस्थल मेरो घरबाट नजिकमा पर्छ। फुर्सद हुनेबित्तिकै जान मन लाग्ने ठाउँ यही मन्दिर हो।
रंग : कालो
कालो रंगका पहिरनले मलाई स्लिम र स्मार्ट देखाउन सहयोग पुर्याइरहेका छन्।
पहिरन : जिन्स र टिसर्ट
ज्यान हल्का मोटो छ, त्यसैले यो पहिरनले मोटोपन लुकाउन सहयोग गर्छ।
ठाउँ : पोखरा
समग्र पोखराको वातावरण नै रमणीय लाग्छ। हिमाललाई नजिकबाट नियाल्न पाइने पोखराबाट देखिने मनमोहक दृश्यले मलाई मात्र होइन, सबैलाई लोभ्याउँछ।
टेलिभिजन कार्यक्रम : तीतो सत्य र फायरसाइड
दुवै कार्यक्रम खोजमूलक छन्। एउटाले हँसाएर रिफ्रेस बनाउँछ भने अर्कोले ज्ञान बढाउँछ।