गायक दीपक बज्राचार्यको सांगीतिक यात्रा समेटिएको वृत्तचित्र 'क्रिम अफ रिदम' को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ। ३० मिनेट लामो उक्त वृत्तचित्रमा गायक दीपक तथा उनको ब्यान्ड सदस्यहरूले काठमाडौंका मौलिक बाजाहरू संकलन तथा खोजी गरेको प्रसंग समेटिएको छ। वृत्तचित्रमा करिब पाँच वर्षदेखिको यात्रा तथा दृश्यहरू कैद गरिएको छ। भूषण दाहालद्वारा निर्देशित उक्त वृत्तचित्रमा काठमाडौंसँग सम्बन्धित दुर्लभ दृश्य पनि हेर्न पाइन्छ।