नेपालमा कुकुर पाल्ने सौखिनहरूको संख्या दिन-प्रतिदिन बढ्दै गएको छ। सौखिनहरूका लागि विभिन्न जातका कुकुर उपलब्ध गराउने केनल हाउसहरू पनि उत्तिकै खुल्न थालेका छन्। तीनकुनेस्थित नमस्ते भेटेरिनरी तथा केनल हाउसले करिब ६ जातका कुकुर उपलब्ध गराउँदै आएको छ। नमस्ते केनलले कुकुरका लागि आवश्यक पर्ने उपचार, जातअनुसार प्रजनन, आवास तथा आकस्मिक उपचार सेवा पनि प्रदान गर्दै आएको सञ्चालक रेशमराज पोखरेल बताउँछन्। यहाँ जापान, जर्मनी तथा बेलायतबाट झिकाइएका कुकुरहरू उपलब्ध छन्। न्यूनतम ७ हजारदेखि ३५ हजार रुपैयाँ पर्ने ती कुकुरमा जर्मन सेर्फड, जापानिज स्पिट्स, डोबरम्यान, पग, बक्सर जातका कुकुर प्रमुख छन्।