साप्ताहिक संवाददाता
- सुमित दाहाल
खाजा खान छुट्याएको पैसाले मोबाइल रिचार्ज गर्छु। यही बानी छुटाउन चाहन्छु।
- कमल घिमिरे
फेसबुक र टि्वटर चलाउन छाड्नुपर्ला।
- रविन, मनिष गिरी
युवतीहरूलाई विश्वास गर्ने बानी त्याग्नुपर्ला।
- सिम्पल तामाङ
सबैलाई आफ्नो मान्ने बानी त्याग्नु छ।
- आरसी मगर
युवतीहरूलाई प्रभावित गर्ने बानी हटाउनु छ।
- छिरिङ शेर्पा
केटी जिस्क्याउने बानी।
- दिनेश मगर
केटी साथी फेरिरहने बानी त्याग्नुपर्ला।
- आदम लामा
केटीसँग बोल्न सक्दिनँ। यही बानी त्याग्छु।
- रायल गुरुङ
चिन्ता लिने बानी छ, त्यही।
- कुमार गुरुङ
चाँडो विश्वास गर्ने अनि कम बोल्ने बानी त्याग्नुपर्ला।
- कामना श्रेष्ठ
नेताहरूप्रति विश्वास गर्ने बानी।
- इस्मिता
आँसु नियन्त्रण गर्ने बानी।
- सुम्निमा राई
केटी देखी रिस उठ्ने बानी छ। त्यो त्याग्छु।
- जितेन्द्र मरहठ्ठा
बकवास पोस्टमा लाइक र कमेन्ट हान्ने बानी।
- अनिल
झूट बोल्ने बानी त्याग्नुपर्नेछ।
- भुवन
सुर्ती खाने बानी छोड्छु।
- सुवास खतिवडा
म त केटीसँग बोल्ने लहड छाड्थें हुँला।
- असिम मगर
मेरो खराब बानी अरूलाई किन सुनाउनु ?
- अच्युत नेपाल
फेसबुकमा च्याट गर्ने बानी त्याग्छु।
- विकास कार्की
म त खराब बानी नभएको मान्छे परें। केही छैन त्यस्तो सुधार्नुपर्ने ?
- जीवन विष्ट
फेसबुक चलाउने बानी। यसले गर्दा व्यवसाय नै डुब्लाजस्तो भैसक्यो।
- ईश्वर किरण
कम्प्युटरमा बढी बस्ने र मोबाइल चलाउने बानी।
- पि्रतम थारू
धेरै बोल्ने बानी त्याग्छु।
- शक्तिम योङ
चुरोट खाने बानी त्याग्छु।
- तारक बस्नेत
साप्ताहिकको मध्यपृष्ठतिर बढी ध्यान जान्छ। सक्ने भए त्यही बानी त्याग्थें।
- प्रसन्न उत्साही
के गर्नु, मानिसले आफ्नो कमजोरी देख्दैन, अरूको कमजोरी मात्र देख्छ। अरूमा भएको खोट मात्र देख्छ। के सुधार्न सकिन्छ र ?
- प्रतिभा बराल
नेपालका राजनीतिक दलका नेताहरूबाट केही पाउने आशा त्याग्छु।
- उज्ज्वल खनाल
कसैले पैसा माग्यो भने दिइहाल्ने तर फिर्ता माग्न डराउने बानी छ। यही बानी त्याग्थें।
- रबिनबाबु
टि्वटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा घण्टौं बिताउने बानी छ। यसले समय र पैसा दुवैको नास गरिरहेको छ। यही बानी त्याग्छु।
- राजन थापा
मेरो खतरनाक र नराम्राे बानी भनेको टि्वटर चलाउनु हो। यही बानी छुटाउन चाहन्छु।
- सुनिल
टि्वटर र फेसबुक बन्द गरेर आफ्नो काम गर्ने।
- रविचन्द्र भट्टराई
खराब बानी त्याग्नै गार्हो छ। तैपनि टि्वटर चलाउन छाड्छु।
- शेरे, पारंगत, विश्वराज
प्रेमिकालाई सम्भिmने बानी त्याग्छु।
- खिमलाल पन्थी
धेरै हाँस्ने बानी।
- विनोद पाण्डे
सानो कुरामा पनि रुने बानी छ। आँसु झार्ने काम बन्द गर्ने थिएँ।
- रोयल डटर
अरूलाई छिट्टै विश्वास गर्ने बानी।
- उषा गौतम, स्वाति थापा तथा रश्मि तिवारी
असहनशील बानी।
- यमुना तुम्सा राई
रक्सी पिउने, धूम्रपान गर्ने।
- सबिन दाहाल
छिटो रिसाउने बानी त्याग्थें।
- श्रीकृष्ण लोहनी
उच्च गतिमा बाइक हाँक्ने बानी त्याग्थें।
- सरल पौडेल
तास खेल्ने बानी कम गर्थें।
- दीपक तामाङ
अरूलाई छिटो विश्वास गर्ने र आँसु झार्ने बानी।
- मनु राई
फेसबुक चलाउन छाड्थें।
- सुरज डंगोल
खराब बानी भए पो त्याग्नु। नभए के त्याग गर्नु ?
- निमेष सुवेदी