६ जना महिला कलाकारको तस्बिर तथा चित्रकला प्रदर्शनी गत बुधबार सम्पन्न भएको छ। कलाकारहरू एरिना ताम्राकार, सुनिता राणा, विधाता केसी, विपना महर्जन, पूजा महर्जन एवं सजना श्रेष्ठले केही समयअघि मुस्ताङको सौन्दर्यलाई क्यानभास र क्यामेरामा उतारेका थिए। तिनै तस्बिर एवं ल्यान्डस्केपलाई 'फ्रेगमेन्ट्स अफ मुस्ताङ' शीर्षकमा प्रदर्शन गरिएको हो।