साप्ताहिक संवाददाता
भाद्र ६, २०७१
नेपालका पाँचै विकास क्षेत्रका विभिन्न सहरमा अडिसन सञ्चालन गरिएको हेल्दी हेयर प्रतियोगितामा राजभाइ सुवाल, दिया मास्के र इन्दिरा जोशीले उत्कृष्ट प्रतिभाहरू छनोट गरेका थिए। सुदूरपश्चिमाञ्चलबाट राखी नेपाली, मध्यपश्चिमाञ्चलबाट मेघना तिवारी, पश्चिमाञ्चलबाट रोशनी गुरुङ, पूर्वाञ्चलबाट सदीक्षा दाहाल तथा मध्यमाञ्चलबाट सृष्टि महर्जन हेल्दी हेयर प्रतियोगिताको क्षेत्रीय विजेता भएका थिए।