साप्ताहिक संवाददाता
- अमर राना, सरु थापा
आममानिसमा सरिता आचार्यका बारेमा पढेर खुसी लाग्यो। (आममानिस, मेरो धर्म मसँग छ, भदौ ६) सरल जीवन जिएर पनि उनी महान् छिन्।
- लाल किराँती
नम्रताजीको अभिनय राम्रो छ। (अन्तरकुन्तर कुराकानी, नम्रता श्रेष्ठ, भदौ ६) अझै राम्राे गर्नुहोला।
- राजु कार्की, सोल्टु-७, पालुङ
साप्ताहिकको गत अंक महिलाहरूकै लागि मात्र प्रकाशन गरेजस्तो भयो। आगामी अंकहरूमा विज्ञान-प्रविधिलाई पनि स्थान दिनुहोला।
- मुस्कान
नेपालकै कृषिक्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्वहरूका बारेमा पनि केही प्रकाशन गर्ने कि ?
- उज्ज्वल खनाल
धर्म, संस्कृति तथा इतिहासलाई पनि स्थान दिनुपर्यो।
- विशाल मगर
ज्ञानका लागी पनि साप्ताहिकले स्थान छुट्टयाउनुपर्यो।
- रूपेश पालिखे
चलचित्र ठूलीलाई सफलताको शुभकामना। (चलचित्र ठूली, भदौ ६) ठूलीले पर्याप्त नेपाली दर्शक कमाओस्।
- सुदर्शन सापकोटा
साप्ताहिकको गत अंकमा तीजका बारेमा धेरै सामग्री छापिए, त्यसैले खासै मजा अाएन। साप्ताहिकले इतिहास, भूगोलजस्ता फरक विषयलाई पनि स्थान दिनुपर्यो।
- रन्जन सेवान, लिलु किराँती
रमिला न्यौपानेसँगको कुराकानी रमाइलो लाग्यो। (मलाई मन पर्छ, रमिला न्यौपाने, गायिका, भदौ ६) मिडियामा नआएका सेलिबि्रटीहरूलाई बढीभन्दा बढी स्थान दिनु होला।
- सफलता आचार्य
साप्ताहिकले रोचक सामग्रीहरू समेट्न सके गजब हुने थियो।
- कृष्ण सुनुवार
म साप्ताहिकको नियमित पाठक हुँ, राम्रो लाग्छ। विशेषगरी मनोज गजुरेलको लेख मनपर्छ। उन्नति गर्दै जाऊ साप्ताहिक— शुभकामना छ।
- यज्ञराज