साप्ताहिक संवाददाता
- राजु कार्की
महत्व त पढाइ नै हो, तर हाम्रो देशमा पढाइका लागि पनि काम चाहिने भएकाले कामको पनि महत्व छ। पढ्नु पनि एउटा कामै त हो।
पैसा र केटीमा तपाईं कुन कुरालाई बढी महत्त्व दिनुहुन्छ ?
- श्री श्रेष्ठ
म दुवै कुरालाई महत्त्व दिन्नँ। पैसा त हरेकको जीवनमा महत्व हुन्छ नै, मेरा लागि पनि छ, तर केटीचाहिँ छैन। किनभने मलाई केटीका पछि लाग्नु छैन र लागेको पनि छैन। मेरो जीवनमा एउटै केटीको महत्त्व छ, उनी हुन्— मेरी श्रीमती मुना।
चरी मरेको खबर सुनेर कस्तो लाग्यो ?
- रिदेश पन्थी
दुःख लाग्यो, म कसैको मृत्युमा खुसी हुन्न। यदि अपराधी नै हो भने उसले कानुन अनुसारको सजाय पाउनुपथ्र्यो। यसरी मार्न हुँदैनथ्यो, किनभने हाम्रो देशमा मान्छे मार्ने कानुन छैन।
तपाईं फेसबुक कत्तिको चलाउनुहुन्छ ?
- मीना रानाभाट
हल्का-फुल्का हो। समय, बत्ती, नेट र मोबाइल चार्ज भएका बेला म फेसबुक चलाउँछु। मलाई फेसबुकले चलाएको छैन अहिलेसम्म।
मानिस कुन उमेरमा बूढो हुन्छ ?
- किरन गुरुङ
मान्छे उमेरले बूढो हुँदैन, व्यवहारले हुन्छ। रोगले, परिस्थितिले हुन्छ र पनि हाम्रो देशमा ७० वर्षपछि वृद्ध भत्ता दिइने हुनाले ७० पुगेपछि आधिकारिक रूपमै बूढो घोषित हुन्छ।
तपाईं पुस्तक पढ्न बढी रुचाउनुहुन्छ कि चलचित्र हेर्न ?
- असीम घिमिरे
हेर्न त चलचित्र नै मन लाग्छ, तर समय मिलाउन गाह्रो पर्ने हुनाले पुस्तक पढ्न चाहन्छु। पुस्तकलाई चलचित्रको जस्तो समय छुट्याउनु पर्दैन। जतिबेला पनि पढ्न सकिन्छ।