साप्ताहिक संवाददाता
गोर्खा सैनिकहरूको बहादुरीको कथा चित्रण गरिएको यो पुस्तक प्रेरणादायीसमेत छ।
खाना : किनिमा (लिम्बू खाना)
लिम्बु समुदायमा यो परिकारलाई सबैभन्दा स्वादिष्ट मानिन्छ। यसको अनौठो स्वादले जो-कसैलाई लट्ठ पार्छ।
अभिनेता : नीर शाह र अनुप बराल
म नीर शाहलाई सम्मान गर्छु। म उहाँको आवाजको प्रशंसक हुँ। अनुप बराल हरेक समय भर्सटाइल लाग्छन्।
अभिनेत्री : रेखा थापा र केकी अधिकारी
रेखा थापा सुन्दर नायिका मात्र होइनन्, एउटी बोल्ड महिला समेत हुन्। केकी अधिकारी बुद्धिमानका साथै क्युट पनि छिन्।
गायिका : सीमा संग्रौला र संगीता राना प्रधान
युवापुस्ताकी गायिका सीमा संग्रौलाको गीत गाउने शैली मलाई निकै मन पर्छ। संगीता राना प्रधानको स्वरमा जादु छ।
गायक : सनुप पौडेल
चल्तीका गायकहरूको तुलनामा सनुपको स्वर पृथक् छ।
आरजे : मन्दिरा ढुंगेल
रेडियोमा कार्यक्रम सञ्चालन गर्ने शैली उत्कृष्ट छ। त्यसबाहेक उनले कार्यक्रममा प्रस्तुत गर्ने विषयवस्तु पनि महत्त्वपूर्ण हुन्छ।
भिजे : सुरजसिंह ठकुरी
मेरो नजरमा एक मात्र हेन्डसम भिजे, कार्यक्रम प्रस्तुत गर्ने स्टाइल पनि फरक छ। त्यसबाहेक सुरज मेरो नजिकको साथी पनि हो।
रेडियो कार्यक्रम : सार्वजनिक सुनुवाइ
सामाजिक विषयवस्तुमा आधारित यो कार्यक्रममा समाजका जल्दाबल्दा विषयमा वहस गरिने भएकाले।
टेलिभिजन कार्यक्रम : हार्ड टक विद दिलभूषण पाठक
कार्यक्रम र कार्यक्रम प्रस्तोता दिलभूषण पाठक दुवै असाध्यै मन पर्छन्। दिलभूषणको व्यक्तित्वको जति नै प्रशंसा गरे पनि कम हुन्छ।
सवारी साधन : स्कुटी
महिलाहरूका लागि निर्माण गरिएको असाध्यै सजिलो सवारी साधन। मेरा लागि स्कुट बेस्ट फ्रेन्डजस्तै हो। अहिले म पाँचौं स्कुटी चढिरहेकी छु।
पहिरन : स्कर्ट र गाउन
स्कर्ट लगाउन सजिलो हुन्छ अनि आकर्षक पनि देखिन्छ। गाउनले चाहिँ महिलालाई इलिगेन्ट देखाउँछ। अवसर हेरेर म यी दुवै पहिरन लगाइरहेकी छु।
रंग : नीलो
मलाई नीलो रंगको हरेक कुरा मनपर्छ। नीलो इमान्दारिता एवं दयालु स्वभावलाई प्रतिनिधित्व गर्ने रंग पनि नै हो।