साप्ताहिक संवाददाता
सिनेमाटोग्राफरका रूपमा अहिलेसम्मको यात्रा कस्तो रह्यो त ?
डेढ दशकअघि चितवनस्थित दाइको घरमा बसेर आईएस्सी अध्ययनरत रहँदा दाइहरू भिडियो पेसामा कार्यरत हुनुहुन्थ्यो। त्यतिबेला मैले एडिटरका रूपमा एक वर्ष अभ्यास गरें। पछि काठमाडौं आएपछि भिज्युअल सम्पादकका रूपमा करिअर खोजिरहेको थिएँ, त्यहिबेला भारतको मोनार्क कम्पनीले आयोजना गरेको कार्यक्रममार्फत सिनेमाटोग्राफी र भिज्युअल प्राविधिक विषयमा थप ज्ञान हासिल गरें। एडिटरभन्दा पनि सिनेमाटोग्राफर बन्ने रुचि जाग्यो। त्यसपछि निरन्तर सिनेमाटोग्राफरका रूपमा कार्यरत छु। मेहनतपूर्वक काम गर्दै आएको छु, बस्न खान राम्रैसँग पुगेको छ।
क्यामेराम्यानका रूपमा बजारमा स्थापित हुन कत्तिको सजिलो भयो त ?
मैले आफू कति स्थापित भए भन्ने भन्दा पनि निरन्तरतामा बढी विश्वास गरें। लगनशील भएर मेहनत गरेकैले काम पाइरहेको छु। बजारमा राम्रा-राम्रा सिनेमाटोगाफरहरू हुनुहुन्छ, सिनियर दाइहरूले गरेका काम पनि हेर्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म मेकिङका र-फुटेज हेरेर ज्ञान लिन्छु। दिन-प्रतिदिन नयाँ-नयाँ टेक्नोलोजी र उपकरणहरू आइरहेका हुन्छन्, त्यसलाई बुझेर आफूलाई अपडेट गर्दै लगेको छु। म नाम चलेका सिनेमाटोग्राफरहरूलाई पछ्याउँदै अघि बढेको युवक हुँ।
कस्तो किसिमको काममा आफूलाई फिट पाउनुहुन्छ ?
मैले छायांकन एवं निर्देशन गरेका केही म्युजिक भिडियो अत्यन्त लोकपि्रय रहें। आफ्नो सिर्जनात्मक क्षमता देखाउने हिसाबले म सुगम संगीतमा आफूलाई फिट पाउँछु, तर जिम्मेवारी पाएका अन्य गीतमा पनि उत्तिकै मेहनत गरेर उत्कृष्ट पर्फमेन्स दिने प्रयास गर्छँ। डकुमेन्ट्री, सर्ट मुभिज तथा एडफिलर लेखकका रूपमा काम गर्न पनि उत्तिकै रमाइलो लाग्छ।