गायनमा आधारित रियालिटी शो 'नेपाली तारा सिजन-३' अडिसन चरणमार्फत प्रारम्भ हुने भएको छ। नेपाल टेलिभिजनबाट प्रसारण हुने यो प्रतिस्पर्धामा सहभागिता जनाउन नवोदित गायक-गायिकाहरूले अडिसनमार्फत अघिल्लो चरणमा प्रवेश गर्नुपर्नेछ। नीलबाराही फिल्म्सले आयोजना गर्ने यो प्रतियोगिताको अडिसन तोकिएको मिति तथा स्थानमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ। पहिलो अडिसन भदौ १७ गते धरानको होटल रत्ना इनबाट प्रारम्भ हुँदैछ। दोस्रो अडिसन भदौ १९ गते होटल ग्लोबल, भरतपुरमा हुनेछ। तेस्रो अडिसन बुटबलमा भदौ २१ गते शनिबार डि्रमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राममा हुनेछ। चौथो अडिसन भदौ २३ गते पोखराको पृथ्वीचोकस्थित होटल आनन्दमा तथा पाँचौं अडिसन भदौ २६ गते भक्तपुरको दरबारस्क्वायरस्थित होटल स्विटहोममा हुनेछ। अन्तिम अडिसन भदौ २८, २९ र ३० गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोक पार्टी प्यालेसमा हुनेछ। प्रतियोगितामा गायक रामकृष्ण ढकाल तथा संगीतकारद्वय प्रकाश गुरुङ र सुरेश अधिकारी निणर्ायक रहनेछन्। पूर्व नेपाली तारा सन्तोष लामा तथा फस्ट रनर्सअप धर्मेन्द्र सेवान उद्घोषकका रूपमा सहभागी हुँदैछन्। छन्दे युरोपतिर
हास्य टेलिश्रृंखला 'तीतो सत्य' मा 'छन्दे' को उपनाम पाएका हास्यकलाकार गोपाल ढकाल पहिलो पटक युरोपको भ्रमणमा निस्कने भएका छन्। आगामी बिहीबार बेल्जियमबाट प्रारम्भ हुने उनको हास्ययात्रा युरोपका एक दर्जनभन्दा बढी देशसम्म पुग्नेछ। बेल्जियम, जर्मनी तथा नेदरल्यान्डमा उनले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन्। कार्यक्रममा उनले स्ट्यान्डअप कमेडीका साथै लोकगीत एवं नृत्य प्रदर्शन गर्नेछन्। तिहारअघि स्वदेश र्फकने छन्देले दसैंको अवसर पारेर आयोजना हुने कार्यक्रममा दर्शकहरूलाई मनोरञ्जन गराउने लक्ष्य लिएका छन्। कार्यक्रमका क्रममा उनले केही कमेडी गीतको छायांकनसमेत गर्ने बताएका छन्।