साप्ताहिक संवाददाता
भाद्र १३, २०७१
जम्पिङ फ्रग
मुकुन्डो, कठपुतली र संगीतको मिश्रण रहेको नाटक जम्पिङ फ्रगमा एउटा कलाकारको कल्पनाले सिर्जित मान्छेलगायत भ्यागुता, कछुवा, खरायो, मुसा र कमिलाजस्ता प्राणीहरूको प्रतिक देखाइनेछ। बारुल्लाज: ए ग्यांग अफ पर्फमसँगको सहकार्यमा मण्डला थिएटर नेपालले तयार गरेको जम्पिङ फ्रगलाई सजन थापाले परिकल्पना तथा निर्देशन गरेका हुन्। नाटकमा अनुपम शर्मा, बिजय बराल, विकाश जोशी, मोहम्मद नाजीर हुसेन, रुरु पोखरेल, प्रकाश गन्धर्व, आदित्य कटुवाल, कमल देवकोटा तथा विराट बस्नेत आदिको अभिनय छ। यो नाटक एक महिनासम्म मण्डला नाटकघरमा सोमबारबाहेक हरेक साँझ ५: १५ बजे नियमित मञ्चन हुँदैछ।