साप्ताहिक संवाददाता
दर खाने कार्यक्रमसमेत समावेश गरिएको एवार्ड वितरण समारोहमा 'वर माग्छु शिवजीलाई' बाट बब्बु थापा तथा 'अहिलेको तिजमा' बाट दिपाशा बिसीले उत्कृष्ट मोडलको पुरस्कार हात पारे। उत्कृष्ट तीज गीत भिडियो निर्देशकको एवार्डबाट शंकर बिसी पुरस्कृत भए। उनले 'आमाले दिएको' गीतबाट सफलता हासिल गरेका हुन्। संगीतकर्मी झलक संगीतमले 'अहिलेको तीजमा' गीतबाट उत्कृष्ट एरेञ्जरको एवार्ड जिते। उत्कृष्ट तीज दोहोरीको एवार्ड गायकतर्फ 'आशीर्वाद माग्छु' बाट खुमन अधिकारीले तथा गायिकातर्फ 'बूढा आधा आधा' गीतबाट पूर्णकला बीसी तथा उमा श्रेष्ठले पाए। समारोहमा उत्कृष्ट तीज गीत शब्दको एवार्ड 'माइती देश' बाट गायत्री थापाले जितिन् भने उत्कृष्ट भाकाको एवार्ड हरि विष्टले जिते। छायाँछवि क्रिएसनको सक्रियतामा सम्पन्न एवार्ड वितरणमा समारोहमा गायिकाहरू सहिमा श्रेष्ठ, सुनिता कार्की आदिले गीतसंगीत प्रस्तुत गरेका थिए। हरितालिका तीजका अवसरमा सार्वजनिक गरिएका मौलिक तिज गीतलाई प्रोत्साहन तथा गायक/गायिकाको हौसला बढाउने उद्देश्यले यो एवार्ड वितरण गर्न थालिएको आयोजक संस्थाका अध्यक्ष राजु बजाजले बताएका छन्।