गायिका माइली साइरस यतिबेला तनावमा छिन्। उनको व्यक्तिगत आचरण अनैतिक तथा परम्परा विरोधी भएको आरोप लगाइएपछि उनको तनाव बढेको हो। उक्त आरोपसँगै व्यापक प्रचार-प्रसार गरिएको एउटा कन्सर्टमा समेत प्रतिबन्ध लगाइएपछि साइरस यतिबेला चिन्ताग्रस्त छिन्। डोमिनिकन रिपब्लिकस्थित मोरेलिटी ब्राउन्डमा आगामी भदौ २८ का लागि तय गरिएको माइलीको कन्सर्टमाथि स्थानीय सरकारी निकायले प्रतिबन्ध लगाएको हो। उक्त कन्सर्टको २७ देखि ३ सय ७० डलर मूल्यका टिकट दुई महिनाअघि देखि नै बिक्री गर्न थालिएको थियो।