गायक युवराज चौलागाईं पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा व्यस्त छन्। चलचित्र 'नोभेम्बर रेन' को 'तिमीलाई के भनौं' तथा 'छ एकान छ' को शीर्षक गीत लोकप्रिय भएपछि उनले करिब एक वर्षको अवधिमा एक दर्जनभन्दा बढी चलचित्रमा पाश्र्व गायन गरिसकेका छन्। आफ्नै एकल एल्बमको तयारीमा समेत रहेका युवराज अभिनयतर्फ पनि आकषिर्त छन्। यसै साता छायांकन गरिएको एउटा गीतमा युवराजले नायिका नन्दिता केसीसंग अनस्क्रिन रोमान्स गरेका छन्। म्युजिक भिडियोमा किड क्विन करिना भट्टराईले युवराज र नन्दिताको छोरीको भूमिका निर्वाह गरेकी छिन् । गायिका सरु पराजुलीको 'आए धेरै जोवनमा...' गीतमा युवराज र नन्दिताको जोडी आकर्षक देखिएको निर्देश्ाक आलोक नेम्बाङले बताएका छन्।