भाद्र १३, २०७१
आँखामा लाग्ने रोग जलबिन्दुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सांगीतिक समुह 'रष्टी नेल्स' ले च्यारिटी कन्सर्ट सम्पन्न गरेको छ। दरबारमार्गस्थित सिटी म्युजियममा आयोजित कन्सर्टमार्फत बालबालिकाहरूलाई लाग्ने जलबिन्दुको उपचारका लागि रकम संकलन गरिएको हो। करिब साढे ३ घण्टा चलेको कन्सर्टमा रस्टि नेल्सले अंग्रेजी तथा नेपाली गरी करिब दुई दर्जन गीत प्रस्तुत गरेको थियो।
प्रतिक्रिया