साप्ताहिक संवाददाता
शिशुको मनोवैज्ञानिक विकासमा स्नातकोत्तर गरेकी केरीले अहिले गर्भवती महिलाको पेटमा चित्र बनाउने नयाँ कलालाई अन्तर्राष्ट्रियकरण गर्दैछिन्। अमेरिकामा बिस्तारै लोकप्रिय हुँदै गएको यो कलालाई उनले हालै बेलायतमा परिचित गराउने प्रयास प्रारम्भ गरिन्। केरीको यो कलामा बेलायतका १ सय ३० जना गर्भवती महिला सहभागी थिए। केरीले गर्भवती आमाले के सोच्छिन् भन्ने जानकारी लिएर त्यसै अनुरुपको चित्र उनीहरूको पेटमा उतारेकी थिइन्।
खुल्दैछ इरान
इस्लामिक कानुनअनुसार शासन चलिरहेको इरानका युवाहरू भित्री रूपमा स्वछन्द हुँदै गएको कुरा इरानको एक संसदीय प्रतिवेदनमा उल्लेख छ। ८२ पृष्ठको उक्त सर्वेक्षण प्रतिवेदन हालै संसद्मा प्रस्तुत गरिएको थियो, जसमा ८० प्रतिशत अविवाहित युवतीको प्रेमी रहेको र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले समेत प्रेमी-प्रेमिका बनाएको जनाइएको छ। १ लाख ४२ हजार विद्यार्थीमा गरिएको उक्त सर्वेक्षणमा १७ प्रतिशत युवा-युवतीले आफूहरू समलिंगी रहेको समेत उल्लेख गरेका थिए।
राजधानी तेहरानमा केही वर्षअघिसम्म यौन गतिविधि निकै गोप्य थियो। त्यहाँ धर्मले निर्दिष्ट गरेका गतिविधिहरू मात्र हुन्थे भने शुक्रबार हुने प्रार्थनामा आममानिसलाई सचेत बनाइथ्यो, तर यो प्रतिवेदनले इरानको समाज खुला हुँदै गएको संकेत गरेपछि अहिले सरकारका अघि कस्तो किसिमको कानुन ल्याउने वा यसलाई कसरी व्यवस्थित गर्ने भन्ने द्विविधा उत्पन्न भएको छ।
भुत्ले खुट्टा प्रदर्शन
महिलाहरू प्राकृतिक रूपमै सुन्दर हुन्छन्, थप सुन्दर हुन प्रकृतिले दिएका कुराहरूलाई हटाउनु हुँदैन भन्ने मनोभावना अहिले उनीहरूमा प्रबल रूपमा बढ्न थालेको छ। पछिल्लो समय महिलाहरूले आफूलाई थप सुन्दर एवं आकर्षक देखाउन खुट्टा, हात र काखीमा आएका रौं हटाउने चलन तीव्र छ। स्वयं महिलाहरूमा नै आफ्नो शरीरका विभिन्न अंगमा आएका रौंले आकर्षणमा कमी ल्याउँछ भन्ने भावना बढेको कारण उनीहरू त्यस्ता रौं हटाउन अग्रसर हुन्छन्। यद्यपि यदि महिला स्वयंले आफ्नो शरीरमा आएको रौंलाई आकर्षक मान्ने हो भने यस्तो किसिमको समस्या नै देखापर्दैन भन्ने तर्क पनि कतिपय महिलाको छ।
महिलाहरूमा सौन्दर्यको विषयमा रहेको यो भ्रम चिर्न अहिले महिला सौन्दर्य अधिकारवादीहरू सामाजिक सञ्जालमा देखा पर्न थालेका छन्। उनीहरूले सामाजिक सञ्जालमा ह्यासट्याग हेरीलेगमार्फत् अभियान चलाइरहेका छन्। त्यसबाहेक द हेरी लेग्स क्लबजस्ता ब्लग साइटहरू पनि सञ्चालनमा छन्, जसले रौं काट्ने कुराको विरोध गर्छन्।
स्तन स्पर्शको आनन्द
टोकियो- एड्सको संक्रमण हुनुमा असुरक्षित यौनसम्बन्धलाई एक प्रमुख कारण मानिन्छ। दैनिक दर्जनौसँग सम्बन्ध कायम गर्ने यौनकर्मीलाई त्यसको प्रमुख स्रोत मानिन्छ। त्यही भएर धेरै जसो एड्स सचेतना कार्यक्रम देह व्यवसायमा लागेकालाई ध्यान राखेर तयार पारिन्छ। यौन पेसामा लागेकाहरू आफैं त्यसको रोकथामका लागि अग्रसर हुनु त एकदमै राम्रो सुरुवात हो। अहिले जापानमा अश्लील चलचित्रका नायिकाहरूको एक समूह यस्तै अभियानमा लागेको छ, जसले उदार हुँदै गएको समाजमा यौनकर्मीको भूमिकालाई पनि छर्लङ्ग पार्छ।
देहव्यवसायी महिलाहरूले लोकोपकार (च्यारिटी) का लागि रकम उठाउन यसै साताको अन्त्यमा २४ घण्टासम्म आफ्नो स्तन प्रशंसकहरूलाई स्पर्श गर्ने दिने भएका छन्। यसलाई सामान्य भाषामा 'बुब एड (स्तन सहयोग)' नाम दिइएकोे छ । उक्त स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८:०० बजे प्रारम्भ हुनेछ। यसलाई जापान फाउन्डेसन फर एड्स प्रिभेन्सनले सघाइरहेको छ। यसको आयोजना सन् २००३ मा प्रारम्भ भएको हो र यो १२ औं कार्यक्रम हो । उक्त कार्यक्रमलाई वयस्कहरूले हेर्ने केबुल टेलिभिजनबाट प्रसारणसमेत गरिनेछ ।
विश्वका थुप्रै मुलुकमा जस्तै जापानमा पनि सुरक्षित यौन अभ्यास र एचआईभी एड्स सचेतनाका लागि 'लिंग पर्व (पेनिस फेस्टिभल)' तथा हस्तमैथुन प्रतियोगिता (मास्टरबेसन कम्पिटिसन) समेत आयोजित हुँदै आएको छ।
स्रोत : एएफपी
कन्डमले घटायो
अमेरिकाको लस एन्जलस वयस्क चलचित्र निर्माणमा विश्वमै अग्रणी मानिन्छ, तर पछिल्लो समय स्थानीय सरकारले कन्डम प्रयोग गरेर मात्र वयस्क चलचित्र निर्माण गर्नुपर्ने नीति ल्याएपछि त्यहाँको वयस्क चलचित्र उद्योग विस्तारै धाराशायी हँुदै गएको छ। सन् २०११ मा लस एन्जलसमा ५ हजार वयस्क चलचित्र निर्माण भएका थिए, तर स्थानीय सरकारले वयस्क चलचित्रका कलाकारहरूले अभिनय गर्दा कन्डम अनिवार्य रुपमा लगाउनुपर्ने कानुन बनाएपछि चलचित्र निर्माणमा ९० प्रतिशत गिरावट आएको थियो। एक अनुमानअनुसार सन् २०१२-१३ को बीचमा केबल ४० वटा मात्र वयस्क चलचित्र निर्माण भएको एसोसिएट प्रेसले जनाएको छ। करिब २० हजार व्यक्तिले प्रत्यक्ष रूपमा रोजगारी पाएको यो पेसा जोगाउन केही निर्माताले सन्फ्रान्सिस्को र लसभेगासमा गएर सुटिङ गरे पनि यो उद्योग जोगाउन सक्ने स्थिति नभएको सर्वाधिक ठूलो वयस्क चलचित्र निर्माता कम्पनी भिभिड इन्टरटेनमेन्टका प्रमुख स्टिभ हि्रचले बताएका छन्। स्थानीय सरकारले कलाकारहरूलाई यौनरोग लाग्नबाट जोगाउन त्यस्तो कानुन ल्याए पनि दर्शकले कन्डम लगाएर गरेको अभिनय नरुचाएका कारण समस्या उत्पन्न भएको स्टिभ बताउँछन्।