कपिलवस्तु जिल्लाको बुद्ध रंगशालामा आयोजित रक रोल डान्स पार्टीमा युवायुवती गत शनिबार बी एटका साथै स्थानीय कलाकारहरूको संगीतमा मन खोलेर नाचे। कार्यक्रममा चर्चित व्यान्ड बी एटका पाँच जनाले रक गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै डीजे तामा, लेडिज डीजे नेप्ज, डीजे सन्डे, भिजे रबि राना एवं स्थानीय कलाकारहरूको सांगीतिक ब्यान्ड प्रसन्नाको रोमाञ्चक प्रस्तुतिमा युवायुवतीहरू धीत मार्ने गरी नाचेका थिए। डान्स पार्टी साँझ साढे ७ देखि साढे १० बजेसम्म चलेको थियो। आधुनिक साउन्ड सिस्टम एवं लाइटको ब्यवस्थाले कार्यक्रममा छुट्टै रौनक थपेको थियो। पार्टीमा कपिलवस्तु तथा रूपन्देहीका १ हजारभन्दा बढी युवा-युवती सहभागी थिए।