भाद्र १३, २०७१
पोखरा
भदौ १७ गते काठमाडांैमा हुने अन्तिम प्रतिस्पर्धाका लागि यतिबेला सबै जना प्रशिक्षणमा व्यस्त छन्। मिस ग्लोबलको प्रशिक्षण एवं कोरियोग्राफी पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिरहेकी छिन्। १८ देखि २३ वर्ष उमेर समूहका प्लस टु अध्ययनरत युवतीहरू प्रतिस्पर्धामा सहभागी रहेको प्रशिक्षक माल्भिका सुब्बाले जानकारी दिइन्। यो प्रतियोगिताकी विजेताले १ लाख रुपैयाँ पुरस्कारका साथ डिसेम्बर महिनामा साउथ अफ्रिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अवसर प्राप्त गर्नेछिन्। यसअघि आस्था मानन्धर, पि्रयंका भण्डारी तथा दीक्षा लामाले मिस ग्लोबलको उपाधि जितिसकेका छन्।