श्रीनगर एफएममा धेरै पटक गीत गाउँदै उत्कृष्ट १० मा पुग्न सफल मुना मोबाइलबाट गीत गाउँदै पुनः स्टुडियोमा आएर गीत गाएर अन्तिम ६ मा पुगेकी थिइन्। तानसेन टुँडिखेलमा आयोजित प्रतिस्पर्धामा प्रतिद्वन्द्वीहरूलाई ट्रयाक र ट्रयाक बाहिरबाट गीत गाउन लगाइएको थियो। प्रतिस्पर्धामा अर्घाखाँची सन्धिखर्कका लीलाराज ताम्राकार उपविजेता घोषित भए। प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई ओपल अडियो भिडियो सेन्टरको सहयोगमा निःशुल्क एल्बम निकाल्ने अवसर प्रदान गरिने श्रीनगर एफएमका स्टेसन म्यानेजर देव पचभैयाले बताएका छन्।
प्रतियोगितामा यम्घा पाल्पाका राजन परियार, पीपलडाँडाकी सपना विक, चापपानीकी वसन्ती बस्याल, गुल्मी ठूलोलुम्पेकका गुणदेव थापाले सान्त्वना पुरस्कार प्राप्त गरे। उक्त कार्यक्रमलाई लोकगायक गायिका देवी घर्तीमगर, सेमन्तमणि खराल, शोभा सारु गुरुङ, हुम गैरे, प्रेम लामिछाने, निरु सुनार, कृष्ण रानाभाट, विष्णु ठडराई, सुमन गैरे आदिले संगीतमय बनाएका थिए भने हास्यकलाकार नारायण बस्यालले पेट मिचुन्जेल हँसाएका थिए। उक्त अवसरमा तानसेनका कलाकेन्द्रहरूको नृत्यसमेत प्रस्तुत गरिएको थियो।