बनेपामा व्यक्तित्व विकासका लागि तीज प्रतियोगिता सम्पन्न भएको छ। तीजलाई सबै जातजातिका महिलाको साझा पर्वका रूपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिता आइटिसी स्किल डेभलोपमेन्ट ट्रेनिङ सेन्टरले आयोजना गरेको थियो। वरिष्ठ नेल आर्ट स्पेसलिस्ट सुनीलजंग मल्लको समाजमा पिछडिएर रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउन के कस्तो कदम चाल्नुपर्छ ? भन्ने निणर्ायक प्रश्नको उत्तर दिँदै सितु थापामगरले शीर्ष उपाधि जितेको काभ्रे तीज क्विनमा फस्ट रनर्सअपको उपाधि लज्जु खड्काले जितिन् भने सेकेन्ड रनर्सअपको उपाधि रश्मिला बस्नेतले वेस्ट पर्सनालिटिको एवार्डसमेत हात पारिन्।