साप्ताहिक संवाददाता
भाद्र १३, २०७१
उक्त अवसरमा सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले तीजको कार्यक्रम रमाइलाका लागि मात्र होइन महिला सशक्तीकरणका लागि पनि उपयोगी भएको बताइन्। कार्यक्रममा गायिका स्मिता घिमिरेले आफ्ना लोकप्रिय गीतहरू गाएर सबैलाई नचाएकी थिइन्। कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सौन्दर्यको क्षेत्रमा योगदान गर्ने महिलाहरूलाईसम्मान पनि गरिएको थियो। कार्यक्रममा विविध ब्रान्डका कस्मेटिक्सका साथै स्वाद अचार मसलाको समेत स्टल राखिएका थिए।