इन्टरनेसनल मोडर्न फेसन कलेज (आईएफसी) बुटवलमा तीज विशेष फेसन शो एवं नृत्य प्रतियोगिता सम्पन्न भएको छ। आईएफसीको सातौं वाषिर्कोत्सवका अवसरमा मिलनचोकस्थिल कलेजकै हलमा शुक्रबार सम्पन्न फेसन शोमा ३० जना डिजाइनरलाई पछि पार्दै रोजिता जीसी विजेता घोषित भइन भने नृत्यतर्फ तुलसी पन्त प्रथम भइन्। साडी र ब्लाउजमा प्रस्तुत भएका डिजाइनर पहिरनतर्फ निरु थापामगर फस्ट रनर्सअप तथा अनन्या पटेल सेकेन्ड रनर्सअप भए भने नृत्यतर्फ अनुराधा थापा दोस्रो र अनिता पुन तेस्रो भए। यस्तै फोटोजेनिकमा अनु सिंह थापा प्रथम, ग्यावत पुन दोस्रो तथा अरुणा बलाल तेस्रो भए।