अक्सफोर्ड डिक्सनेरीले वर्ष-२०१३ को अन्त्यमा 'वर्ड अफ द इयर' को उपाधि प्रदान गरेपछि विश्वभर भाइरलझैं फैलिएको 'सेल्फी' नेपालमा समेत लोकप्रिय भैरहेको छ। खासगरी सामाजिक सञ्जालका युवापुस्तामाझ विश्वव्यापी रूपमा अत्यन्त लोकप्रिय सेल्फी खिच्ने चलनले नेपालमा समेत सहरदेखि गाउँसम्म आफ्नो प्रभाव बढाउँदै गएको छ। नायिका प्रियंका कार्कीदेखि निशा अधिकारीसम्म, पूर्वमिस नेपाल माल्भिका सुब्बादेखि मलिना जोशीसम्म, अभिनेता जीवन लुइँटेलदेखि राजबल्लभ कोइरालासम्म अनि गायक राजेशपायल राईदेखि गायिका इन्दिरा जोशीसम्म अधिकांश नेपाली सेलिब्रेटीका रंगी-बिरंगी सेल्फीले यतिबेला फेसबुकका वाल भरिएका छन्। सेलिब्रेटीमात्र होइन, राजनीतिककर्मीदेखि विद्यार्थीसम्म, बैंकरदेखि व्यवासायीसम्म सबै सेल्फीमा पल्किएका छन्।
नेपालमा सेल्फीको बढ्दो क्रेजसँगै गायक जेम्स प्रधानले यसमै आधारित एउटा कीर्तिमान नै कायम गरेका छन्। जेम्स नेपालका मात्र होइन, सम्भवत: विश्वकै पहिलो त्यस्ता गायक हुन्, जसले सेल्फीमै आधारित म्युजिक भिडियो तयार पारेका छन्। युट्युबमा अपलोड गरिएका हजारौं सेल्फी भिडियो निकै कम समयका छन्। गायक जेम्स प्रधानले भने एउटा गीतको सम्पूर्ण म्युजिक भिडियो नै सेल्फीमार्फत तयार पारेका छन्।
अक्सफोर्ड डिक्सनेरीले वर्ष-२०१३ को अन्त्यमा 'वर्ड अफ द इयर' को उपाधि प्रदान गरेपछि विश्वभर भाइरलझैं फैलिएको 'सेल्फी' नेपालमा समेत लोकप्रिय भैरहेको छ। खासगरी सामाजिक सञ्जालका युवापुस्तामाझ विश्वव्यापी रूपमा अत्यन्त लोकप्रिय सेल्फी खिच्ने चलनले नेपालमा समेत सहरदेखि गाउँसम्म आफ्नो प्रभाव बढाउँदै गएको छ।
नायिका प्रियंका कार्कीदेखि निशा अधिकारीसम्म, पूर्वमिस नेपाल माल्भिका सुब्बादेखि मलिना जोशीसम्म, अभिनेता जीवन लुइँटेलदेखि राजबल्लभ कोइरालासम्म अनि गायक राजेशपायल राईदेखि गायिका इन्दिरा जोशीसम्म अधिकांश नेपाली सेलिब्रेटीका रंगी-बिरंगी सेल्फीले यतिबेला फेसबुकका वाल भरिएका छन्। सेलिब्रेटीमात्र होइन, राजनीतिककर्मीदेखि विद्यार्थीसम्म, बैंकरदेखि व्यवासायीसम्म सबै सेल्फीमा पल्किएका छन्।
नेपालमा सेल्फीको बढ्दो क्रेजसँगै गायक जेम्स प्रधानले यसमै आधारित एउटा कीर्तिमान नै कायम गरेका छन्। जेम्स नेपालका मात्र होइन, सम्भवत: विश्वकै पहिलो त्यस्ता गायक हुन्, जसले सेल्फीमै आधारित म्युजिक भिडियो तयार पारेका छन्। युट्युबमा अपलोड गरिएका हजारौं सेल्फी भिडियो निकै कम समयका छन्। गायक जेम्स प्रधानले भने एउटा गीतको सम्पूर्ण म्युजिक भिडियो नै सेल्फीमार्फत तयार पारेका छन्। जेम्सले उक्त गीतको शब्द, संगीत तथा स्वर मात्र होइन, म्युजिक भिडियोको छायांकन, सम्पादन तथा कलर करेक्सनसमेत आफैंले गरेका छन्। अघिल्लो साता काठमाडौंमा प्रिमियर गरिएको उक्त भिडियोको सार्वजनिक प्रदर्शनसँगै यतिबेला काठमाडौंमा सेल्फी भिडियो निमर्ाण गर्ने क्रम ह्वात्तै बढेको छ। जेम्स भन्छन्— 'गुगलमा खोज्दा अमेच्योर सेल्फी भिडियोहरू प्रशस्त भेटिन्छन् तर सम्पूर्ण रूपमा व्यवसायिक देखिने भिडियो फेलापरेको छैन। नेपाली संगीतमा नयाँ प्रयोग हुन्छ भन्ने लागेर सेल्फी भिडियो तयार पारेको हुँ।' जेम्सले आफ्नो म्युजिक भिडियोमा पाटन, वसन्तपुर, पशुपति तथा बौद्धका रमणीय दृश्यहरू समेटेका छन्। जेम्सले उक्त भिडियो तयार पार्न डेढ महिना लागेको बताएका छन्। सेल्फीले विश्वव्यापी चर्चा पाएपछि यसमा आधारित भएर केही नौलो प्रयोग गरौं भन्ने दृष्टिले उक्त म्युजिक भिडियो तयार पारेको जेम्सको कथन छ।
विश्वमा सेल्फीले लोकप्रियता पाएको धेरै भएको छैन। अक्सफोर्ड डिक्सनेरीले हरेक वर्षको अन्त्यमा वर्षको सबैभन्दा चर्चित शब्दको खोजी गर्छ। त्यसक्रममा गत वष्र्ा सेल्फी शब्द सर्वाधिक प्रयोग भएको पाइएको थियो। त्यसकै आधारमा अक्सफोर्डले यसलाई वर्ड अफ द इयरको उपाधि दिएको थियो। अक्सफोर्ड डिक्सनेरीले गरेको विश्लेषणअनुसार वर्ष २०१३ का १२ महिनामा 'सेल्फी' शब्दको प्रयोग सन् २०१२ को तुलनामा १७ हजार प्रतिशतले बढेको थियो।
गत साता मात्र हङकङमा एक फोटोग्राफरले ११ सय ३५ फिट अग्लो स्काइ टावरको सबैभन्दा अग्लो स्थानमा गएर सेल्फी लिए र त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिए। उक्त खतरनाक भिडियो हेेरेर अनुमान लगाउन सकिन्छ- सेल्फीप्रतिको पागलपन कुन हदसम्म छ ?
के हो सेल्फी ?
सेल्फी' शब्द आममानिसको जनजिब्रोमा झुन्डिएको लोकप्रिय शब्द हो। यही लोकप्रियताले सेल्फीलाई अक्सफोर्ड अफ द इयर बनाइदिएको हो। अक्सफोर्ड डिक्सनेरीको परिभाषाअनुसार आफैंले खिचेको तस्बिरलाई सामाजिक सञ्जालमा अपलोड गरेर सेयर गर्ने चलनलाई नै सेल्फी भनिन्छ। सेल्फीको अर्थ कुनै स्मार्टफोन अथवा वेबक्यामबाट आफ्नो तस्बिर खिच्नु र त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरेर सेयर गर्नु नै हो।
वास्तवमा मोबाइल अथवा वेबक्याममार्फत आफैंले आफ्नो तस्बिर खिच्ने कार्यलाई सेल्फी भन्छिन्। त्यसरी आफैंले खिचेको आफ्नो तस्बिर तुरुन्तै कुनै सामाजिक सञ्जाल (फेसबुक, टि्वटर अथवा इन्स्टाग्राम) मा अपलोड गरिन्छ। सेल्फीको लोकप्रियतालाई सामाजिक सञ्जालले ह्वात्त बढाएको छ। कम समयमै यो शब्द तथा प्रक्रिया लोकप्रिय हुने मुख्य कारण अनौठा-अनौठा मुद्रामा तस्बिर खिच्ने तथा त्यस्तो तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै धेरैभन्दा धेरै लाइक तथा कमेन्ट पाउने प्रतिस्पर्धा नै हो। यो टे्रेन्डले पछिल्लो वर्षदेखि भाइरलकै स्वरूप लिएको छ। भनिन्छ 'सेल्फी' शब्दको पहिलो प्रयोग सन् २००२ मा भएको थियो जब एक अस्ट्रेलियाली युवक अबेर राति रक्सीको नशामा धुत भएर लडेका थिए। लड्ने क्रममा उनको एउटा दाँत भाँचिएको थियो। ती युवकले आफ्नो उक्त मुद्राको तस्बिर आफैंले खिचे र सामाजिक सञ्जालमा अपलोड गरे। तस्बिरसँगै उनले लेखेका थिए- 'माफ गर्नुहोला, यो तस्बिर सेल्फी हो, त्यसैले यसको गुणस्तरमा ध्यान नदिनुहोला।' तस्बिर अपलोड गरेको दुई दिनभित्रै उनी संसारभरि आफ्नो उमेरका युवा-युवतीमाझ चर्चित भए। उक्त तस्बिरसँगै संसारभरि सेल्फीको टे्रन्ड प्रारम्भ भएको मानिन्छ। वर्ष-२०१४ को मध्यसम्म आइपुग्दा विश्वभरिका सेलिब्रेटीहरूले आ-आफ्नो सेल्फी तस्बिर तथा भिडियो इन्टरनेटमा अपलोड गरिसकेका छन् र यो क्रम जारी छ।
सेल्फी तस्बिरका केही विशेषता पनि छन्। एक त यस्ता तस्बिर मोबाइलको क्यामेरालाई केही माथि लगेर खिचिन्छ। यस्ता तस्बिरमा मोटा व्यक्तिको मोटोपनसमेत लुक्छ। अर्को विशेषता भनेको तस्बिर खिच्ने व्यक्तिले त्यही अनुहारको हाउभाउलाई क्लिक गर्छ, जसमा ऊ सबैभन्दा आकर्षक देखिएको हुन्छ। पछिल्ला केही वर्षदेखि वर्षका चर्चित शब्दहरूमा ब्लग, एप, अनफ्रेन्ड, टि्वट हुँदै सेल्फीसम्म आइपुगेको छ। सेल्फी खिच्न अरू कसैको सहयोग लिइरहनु पर्दैन। चाहे एक्लै भएका बेला होस्, दुई जना भएका बेला होस् अथवा धेरै जना मानिससँग भएका बेला नै किन नहोस्, मोबाइलको क्यामेरा आफ्नै अनुहारतर्फ सोझ्याएर क्लिक गरी आफ्नो रोजाइको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे अहिले रातारात सेलिब्रेटी बन्ने सम्भावना प्रबल हुन्छ।
यतिबेला सम्पूर्ण विश्वमा सेल्फिको एउटा नयाँ लहर नै आएको छ। आफ्नो मोबाइल अथवा वेबक्याम्पको क्यामेराबाट तस्बिर खिच्नुहोस् अनि त्यसलाई फेसुबक, ट्वीटर अथवा यूट्बमा राखिदिनुहोस्। सर्वसाधारणदेखि लिएर सेलिब्रेटीसम्म अहिले यही लहरमा बगेका छन्। हलिउड, बलिउड हुँदै यो टे्रन्ड नेपालसम्म भित्रिसकेको छ। अचेल अधिकांश एवार्ड वितरण समारोहमा प्रत्येक सेलिब्रेटीले आफ्नो फोटो आफैं खिच्दै सामाजिक सञ्जालमा राख्ने क्रम पनि उत्तिकै छ। हरेक उमेरका व्यक्ति सेल्फीको सिकार भएका छन्। गत वर्षको ओस्कार एवार्ड वितरणका क्रममा एउटी अभिनेत्रीले खिचेको सेल्फी तस्बिरले टि्वटरमा रि-टि्वटको कीर्तिमान नै बनाएको थियो।
उक्त सेल्फीका कारण केही घण्टासम्म टि्वटरको सर्भर नै अवरुद्ध भएको समाचार प्रकाशित भएको थियो।
सेल्फीले सामाजिक सञ्जालका प्रयोगकर्तामाझ फेसन स्ट्याटसको दर्जा समेत पाएको छ। खासगरी युवापुस्ता सेल्फीको क्रेजी भएका छन्। यसले उनीहरूलाई पागल झैं बनाएको छ। सेल्फीमा त्यस्तो आकर्षण छ, जो कोही यसकै वरिपरि रमाउन थालेका छन्। मोबाइलबाट तस्बिर खिच्नु त अहिले सामान्य नै भैसकेको छ। कलेजको कोठादेखि कार्यालयसम्म, मलदेखि सिनेमा हलसम्म, सडकदेखि घरसम्म अचेल सेल्फीकै चर्चा र प्रयोग छ। मोबाइलबाट आफ्नो तस्बिर आफैंले खिचेर सामाजिक सञ्जालमा सेयर गर्ने प्रचलनलले स्ट्याटस सिम्बोलको रूप लिइसकेको छ। सेल्फीको क्रेज बढ्नुमा त्यस्ता तस्बिरमा आउने लाइक र कमेन्टहरूले पनि विशेष भूमिका निर्वाह गरिरहेका छन्। यता क्यामेराबाट सेल्फी खिच्न पाएको हुँदैन, सामाजिक सञ्जालमार्फत विश्वभरि रहेका साथीभाइ तथा आफन्तले हेरिसकेका हुन्छन्। आफूलाई मन परेका सेलिब्रेटीहरूले समेत सेल्फीमार्फत आफ्नो जीवनका हरेक क्ष्ाण शेयर गर्न थालेपछि यसले सर्वसाधारणमाझ पनि लोकप्रिय हुने मौका पाएको हो। विगत केही समय यता सेल्फी नेपालमा समेत युवापुस्ताको लेटेस्ट टे्रन्ड बनिसकेको छ। सेल्फीलाई फेसन स्टेटमेन्टसँग पनि तुलना गर्न थालिएको छ।
सेल्फी आफैंमा अति सजिलो कार्यसमेत हो। सामान्यत: सेल्फीका तीनवटा चरण छन्। पोज, क्लिक अनि पोस्ट अर्थात् आफूलाई मनपरेको हाउभाउ प्रस्तुत गर्दै आफ्नो तस्बिर खिच्नु र सामाजिक सञ्जालमा पोस्ट गर्नु। आफ्नै मोबाइलबाट लिइएको 'सेल्फी' लाई आफ्नो फेसबुक, टि्वटर, इन्स्टाग्राम तथा यूट्युबमा राख्ने प्रचलनले युवापुस्तामा फेसनकै रूप लिएको छ। अहिले हरेक देशका युवावर्ग 'सेल्फी' मार्फत मनोरञ्जन प्राप्त गरिरहेका छन्।
केही वर्षअघि अस्टे्रलियाका एक व्यवसायिक फोटोग्राफरले आफ्ना प्रिय टेनिस खेलाडीलाई नजिकबाट देखे। मन परेका खेलाडीसँग बसेर एउटा फोटो खिच्ने चाहनाले उनी खेलाडी नजिक गए तर वरिपरि फोटो खिचिदिने कोही पनि थिएनन्। त्यस्तो अवस्थामा उनले आफ्नै क्यामेरा प्रयोग गरेर फोटो खिचे। त्यसरी खिचिएको तस्बिरलाई डेभलप गरेपछि उनले के पत्ता लगाए भने आफ्नै हातले क्यामेरा समातेर आफ्नै तस्बिर लिन सकिन्छ। यो कुरा त्यति बेलाको हो जति बेला क्यामेराले सजिएका मोबाइल बजारमा आइसकेका थिएनन्।
खतरनाक पनि छ सेल्फी
सेल्फीको नराम्रो लतले मानिसको ज्यानसमेत जान सक्छ भन्ने उदाहरण केही समयअघि देखिएको थियो। मेक्सिकोका २१ वषर्ीय ओटीरो एग्युलरले सेल्फी खिच्ने क्रममै आफ्नो प्राण त्यागेको समाचारले केही अघि विश्वलाई नै स्तब्ध बनाएको थियो। आफ्ना हरेक गतिविधिलाई सेल्फीमार्फत फेसबुकमा अपलोड गर्ने बानी बसाएका भेटेरिनरी डाक्टर एग्युलरमा पेस्तोलसँग सेल्फी खिच्ने रहर जाग्यो। उनले आफूले चिनेका एक व्यक्तिसँग पेस्तोल मागे र अलग-अलग पोजमा आफ्ना सेल्फी खिच्न थाले। एउटा आकर्षक र स्टाइलिस फोटो खिच्ने चाहनामा एउटा त्यस्तो अप्रिय घटना घट्यो जसका कारण उनले आफ्नो ज्यानै गुमाउनुपर्यो। वास्तवमा उक्त पेस्तोल गोलीहरूले भरिएको थियो। फोटो खिच्ने क्रममा अचानक पेस्तोल पड्कियो। पेस्तोलको गोलीका कारणका उनको केही घण्टापछि नै निधन भयो।
एग्युलर नामका ती युवकको निधनपछि सेल्फी कल्चरमाथि थुप्रै प्रश्न पनि उठेको छ। मनोवैज्ञानिकहरू विगत केही वर्षयता सेल्फीको बढ्दो प्रचलन तथा समाजमा यसको प्रभावका बारेमा अध्ययन गरिरहेका छन्। मनोवैज्ञानिकहरूले सेल्फीप्रतिको अत्यधिक लगावलाई सेल्फी सिन्ड्रोम अथवा नार्सिसिज्म भनिरहेका छन्। नार्सिसिज्म मानिसको व्यक्तित्वसँग जोडिएको मनोरोग हो, जसमा व्यक्तिको आफैंप्रतिको लगाव यति बढ्छ कि उसलाई अरू कुनै पनि व्यक्तिको वास्ता अर्थात् सरोकार हुँदैन। यस्तो मनोरोगबाट ग्रस्त व्यक्तिहरू आफ्नो रंग-रूप, शरीर तथा बानी-बेहोराको बढाइ-चढाइ गर्दै आफ्नो मात्र प्रशंसा गर्छन् र आफ्ना कमजोरीहरूलाई लुकाइरहन्छन्। हरेक नयाँ प्रविधिको आविष्कार मानिसको जीवनलाई सरल र सुगम बनाउनका लागि हुन्छ तर जब प्रविधिले मानिसको जीवनलाई नियन्त्रण गर्न थाल्छ, तब थुप्रै प्रकारका जटिलता तथा समस्याहरू उत्पन्न हुने मनोवैज्ञानिकहरूको भनाइ छ। सामाजिक सञ्जाल तथा ग्याजेटको बढ्दो चलनले मानिसको जीवनलाई नै नियन्त्रण गर्न थालेको मनोवैज्ञानिकहरूले अनुभव गरेका छन्।
स्वभावत: मानिसले कुनै अनौठो काम गर्यो भने त्यसलाई बढाइचढाइ गरेर प्रचार-प्रसार गर्न खोज्छ। यही स्वभावले मानिसलाई बिस्तारै आत्मप्रचारसम्म पुर्याएको छ। २१ औं शताब्दीमा आएर प्रविधिले यस्तो प्रचारका लागि एउटा नयाँ शब्द आविष्कार गरेको छ, 'सेल्फी' का रूपमा। यतिबेला सेल्फीलाई आधुनिक प्रविधिको एउटा सबैभन्दा महत्वपूर्ण खोज मानिएको छ जुन क्यामेरा अथवा मोबाइल क्यामेरामार्फत सम्पन्न गरिन्छ। सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्याप च्याट आदिले सेल्फीको क्रेजलाई मलजल गरिरहेका छन्। आज सेल्फी पृथ्वीमा मात्र सीमित छैन। यसलाई अन्तरिक्षसम्म पुर्याइएको छ। थुप्रै अन्तरीक्ष यात्रीले अन्तरिक्षमा पनि सेल्फी खिचेर यसको क्रेजलाई बढाएका छन्।
सेल्फीका प्रकार
सेल्फी : आफ्नै तस्बिर खिच्नु
बेल्फी : नितम्बको तस्बिर खिच्नु
सेल्फी-वेल्फी : एक्सरसाइज गरिरहेको बेला खिचिने सेल्फी
फेेल्फी : परिवारका सबै सदस्य बसेर खिचिने सेल्फी
ड्रेल्फी : मदिरापान गरेर नशाको हालतमा गरिएको सेल्फी
बुक सेल्फी : पढिरहेको बेला लिइएको सेल्फी
अन्तर्राष्ट्रिय सेलिब्रेटी र सेल्फी
सेल्फीको लोकप्रियताले अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता राजनेताहरूदेखि लिएर सेलेना गोमेज, जस्टिन बिबर, रिहान्ना, किम कार्दशिनसहित थुप्रै सेलिब्रेटीलाई समेत व्यस्त बनाएको छ। अमेरिकी सोसलाइट किम कार्दशीनलाई 'सेल्फीकी रानी' नै भनिन्छ तर थाइल्यान्डकी एक महिलाले अहिलेसम्म १२ हजारभन्दा बढी पटक आफ्नो सेल्फीलाई अनलाइनमार्फत सेयर गरिसकेकी छिन्। बैंककमा बसोबास गर्ने मारताओले आफूलाई 'सेल्फी क्विन अफ द युनिभर्स' सावित गर्न दिनरात मेहनत गरिरहेको बताइन्छ। उनी अहिले पनि प्रत्येक साता २ सयभन्दा बढी सेल्फी सेयर गरिरहेकी छिन् भने किम कार्दशिनले आफ्ना करिब २ करोड फलोअर्सको मनमा एउटै हट सेल्फीले आगो लगाइदिन्छिन्। न्युयोर्ककी २० वर्षीया मोडल जेन सेल्टरले आफ्नो 'बट सेल्फी' (नितम्बको सेल्फी) मार्फत लाखौं मानिसको मन जितेकी छिन्। सेल्टरले आफ्ना ४० लाख फलोअर्सका लागि १ हजारभन्दा बढी बट सेल्फी सेयर गरिसकेकी छिन्।