साप्ताहिक संवाददाता
- पुजना स्त्री, नायिका
एउटा पेन, एउटा कपी र एउटा आवाज किन्थें। पेनले कपीमा देशको नयाँ व्यवस्थित संविधान लेख्न सकौं अनि आवाजले सधैंभरि देशको गुणगान गाउन सकौं।
- मिलन अमात्य, गायिका
पहिलो नम्बरमा हेलिकप्टर, दोस्रो नम्बरमा हवाईजहाज र तेस्रो नम्बरमा अन्तरीक्षभर घुमाउने रकेट किन्थें। अनलिमिटेड गिफ्ट जिन्दगीमा कसैका बाउले दिँदै दिँदैनन्, जे किन्छु भन्दा पनि भो' नि, कि कसो हजुर ?
- सीताराम कट्टेल, हास्यकलाकार
सुरुमा ड्याडीका लागि एउटा राम्रो कार किनिदिन्थें, दोस्रोमा चाहिँ एउटा एरोप्लेन किन्थें, काठमाडौंको ट्राफिक जामले गर्नु गरेको छ, अब थर्डमा चाहिँ त्यो प्लेन घरमा अट्दैन क्यारे, त्यसकारण त्यसलाई राख्न प्राइभेट एयरपोर्टको व्यवस्था गर्थें।
- वर्षा राउत, मोडल/नायिका
ओह माई गड, यो दसैंको मुखमा अनलिमिटेड गिफ्ट भौचर, सुरुमा त होस नै हराउँथ्यो, भोलिपल्ट गएर दसैंका लागि पुरापुर सपिङ गर्थें, त्यसपछि फेरि अर्को मौका पाइएछ भने पछि नै सोचौंला है।
- शिशिर लामा, भिडिजे
के गर्ने-गर्ने भनेर टेन्सन नै हुन्थ्यो नि ! त्यस्तो भौचर प्राप्त हुने सम्भावना त कमै हुन्छ, हुँदै-हुँदैन भने पनि हुन्छ। मानिसका इच्छा मात्र अनलिमिटेड हुन्, भौचर त सधैं लिमिटेड नै हुन्छ तर पनि त्यस्तो भैहाल्यो भने कहिल्यै पैसा नसकिने एउटा एटिएम मेसिन किनेर राख्थें अनि त्यसपछि योजना बनाउँथें। एटिएम मेसिन भएपछि तीनवटा मात्र होइन, दिनहुँ नयाँ-नयाँ योजना बनाउँथें। अनलिमिटेड गिफ्ट भौचरले अनलिमिटेड सर्भिस पनि दिनुपर्यो नि होइन ?
- राजबल्लभ कोइराला, नायक