साप्ताहिक संवाददाता
- लोडसेडिङ
विदेश गएर पनि कमाइन्छ भन्ने के ग्यारन्टी छ र? विदेशमा पनि अनेकन् समस्या छन् नि। त्यसैले विदेशमा कार्यक्रम गर्न बोलाउँदा जाने, कार्यक्रम गर्ने, र्फकने, आफ्नो देशजस्तो अरू कुनै देश हुँदैन।
सिन्धुपाल्चोकको पहिरोमा परेर बेपत्ता हुनुमा कसको दोष हो?
- मिसन राजा
कसको दोष भन्नु? यो प्रकृतिको दोष हो, भगवान्को पनि दोष हो। मानव जातिलाई यति धेरै पीडा किन दिनुभएको होला? भगवान् यति निर्दयी किन हुनुभएको होला?
यसपालि संविधान बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
- सागर खनाल
मचाहिँ पूर्ण विश्वस्त छैन। किनभने हामीले चुनावमा फेरि पनि तिनै धोकेवाजहरूलाई जितायौं। पुरानै नेताहरूलाई जिताएर पठाएपछि नयाँ काम होला भनेर आशा गर्नु बेकार छ।
तपाईंको मुन्द्रा सुनकै हो?
- ठूले
काँबाट हुनु? सुनको मुन्द्रा लाउन त पैसा पनि धेरै नै चाहिन्छ र फेरि कानको लोती नै चुँडिने गरी तान्लान् भन्ने डर पनि हुन्छ, त्यसैले सुन सम्झेर लसुन टाइपको मुन्द्रा नै ठीक छ।
तपाईंलाई इबोला भाइरस लाग्यो भने के गर्नुहुन्छ?
- नवीन आचार्य
इबोला लागेपछि त केही गर्नै पर्दैन नि। सीधै माथि जाने काम मात्र गर्ने हो। त्यसैले यस्तो महामारी रोगको कुरै नगरेको बेस होला। यो इबोला नेपाल नछिरोस्, हामी सबैले यही प्रार्थना गरौं।
हास्यकलाकार बनेर के पाउनुभयो?
- सविन छन्त्याल
तपाईंहरूजस्ता दर्शकको माया पाएँ। तपाईंहरूको प्रश्नको उत्तर दिन पाएँ, सारा नेपालीमाझ चिनिन पाएँ।
हास्यकलाकार जोडीहरू किन फुट्छन्?
- दीपेन्द्र पाण्डे
जोगी बनेर भन्दा एकल रूपमा अभिनय गर्दा बढी अवसर पाइने हुनाले पनि हो र विचार नमिलेर पनि हो। दुवैको एउटै विचार नभएपछि फुट्नु स्वाभाविक हो।
तपाईं सभासद हुनुभएको भए के गर्नुहुन्थ्यो?
- सागर लामिछाने
के गर्नु? उही त हो नि। संविधान बन्छ भन्ने, भत्ता खाने, रातो पासपोर्ट बोकेर विदेश जाने अरू सभासदजस्तै त हुने थिएँ नि म पनि। यो सभासद भन्ने पदै त्यस्तै हो, जसले पाए नि एउटै पारा।
नेपालमा लोडसेडिङ घटाउन के गर्नुपर्ला?
- हरि शरण
बत्ती कम बाल्नुपर्ला। सबै नेपालीले विद्युत् प्राधिकरणको भर नपरी बत्ती बाल्न छोडे भने लोडसेडिङको समस्या चट।
सिन्धुपाल्चोकको सुनकोसीमा गएर सुटिङ गर्ने रहर छैन?
- सोनिया थापा
किन नहुनु? छ नि, तर अहिले हाम्रो कार्यक्रम विभिन्न आन्तरिक कारणले पुरानै आइरहेको छ। नयाँ भाग सुटिङ हुन थालेपछि एकपटक अवश्य गर्नुपर्ला।
मलाई नेपालको मोदी बन्न मन लाग्यो। के गर्ने होला?
- आर्यन साह
मन लाग्दैमा बन्न पाइने भए त भैहाल्थ्यो नि। हो ब्रो, मोदी नै किन बन्नुपर्यो? आफ्नो पहिचान नगुमाउनुस्, मोदीभन्दा पनि राम्रो बन्ने प्रयास गर्नुहोस्। यदि बन्ने नै इच्छा छ भने नाम फेरेर मोहन दीक्षित राख्नुहोस् छोटकरीमा मोदी हुन्छ।