साप्ताहिक संवाददाता
भाद्र २०, २०७१
रानीको प्रशंसा
बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर खानले खुलेर रानी मुखर्जीको प्रशंसा गरेका छन्। रानी मुखर्जी अभिनीत चलचित्र मर्दानी हेरेपछि उक्त चलचित्र अत्यधिक मन परेको बताउँदै आमिरले सामाजिक मुद्दामा आधारित चलचित्र मर्दानीमा उनको भूमिका जर्बजस्त लागेको बताएका छन्। टेलिभिजन सो सत्यमेव जयते मार्फत सामाजिक मुद्दाहरूमा बहस चलाइरहेका अमिरले माइक्रो ब्लगिङ साइट टि्वटरमा लेखेका छन्- 'तपाइर्ंहरू अवश्य मर्दानी हेर्नुहोला, यो जो कसैको जीवनमा घट्न सक्ने विषयमा आधारित छ, रानी उत्कृष्ट छिन् । यस्तै खलनायकको भूमिकामा रहेका नयाँ अभिनेता ताहिर राज भसिनको काम पनि राम्रो छ।' चलचित्र मर्दानीमा रानी पुलिस अफिसरको भूमिकामा छिन्, जसमा उनी युवतीहरूको तस्करीका विरुद्ध लडछिन्।