साप्ताहिक संवाददाता
भाद्र २०, २०७१
बाढीपीडितका लागि प्रदर्शनी
देश तथा विदेशका तीन दर्जनभन्दा बढी कलाकारले नेपालका विभिन्न स्थानका बाढीपीडितहरूको सहयोगमा आफ्नो कला प्रदर्शनी तथा बिक्री गर्दैछन्। गत बुधबारदेखि बबरमहल रिभिजिटेडमा जारी प्रदर्शनी भदौ २५ गतेसम्म चल्नेछ। प्रदर्शनीबाट प्राप्त रकम बाढीपीडितहरूको सहयोगका लागि प्रदान गरिने बताइएको छ।