गायिका मिलन अमात्य, संगीतकार सुनिल मास्के तथा गीतकार राजुबाबु शाक्यका गीतहरूको एकल एल्बम 'मधुर मिलन' बजारमा आउने तयारीमा छ। संगीतकार सचिन सिंहको एकल संगीत संयोजनको उक्त एल्बममा पाँचवटा गीत समावेश गरिएको संगीतकार मास्केले बताए। एल्बमका दुईवटा गीतको म्युजिक भिडियोको निर्देशन आलोक नेम्बाङ तथा प्रदीप निरौलाले गरेका छन्। भाइब्स क्रिएसनले दसैंको अवसर पारेर असोज ३ गते उक्त एल्बमलाई सार्वजनिक गर्दैछ। एल्बममा सेमि-क्लासिकल, अनप्लग्ड तथा आधुनिक शैलीका गीत समावेश छन्।