फोक्सिङ्कोट, तल्लोझोंकेदीका सञ्जु मगरले आशिका तीजगीत प्रतिभा-२०७१ को उपाधि जितेका छन्। उनले २ सय प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि हासिल गरेका हुन्। झडेवाकी मञ्जरी सारुमगर दोस्रो भइन्भने दिलमाया सिँजाली तेस्रो भइन् । आशिका डिजिटल प्रालि काठमाडौंको आयोजना एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाको सहआयोजनामा सम्पन्न उक्त प्रतिभा छनौटमा जिल्लाका विभिन्न स्थानमा भएका 'अडिसन' बाट अन्तिम छनौटमा परेका पाँच जनाबीच उक्त प्रतिस्पर्धा गराइएको थियो। उक्त अवसरमा कलाकार हुम गैरे, निरु सुनार, वसन्त गाहा, सुरज रणपाल तथा पुरन गाहामगरले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए भने हास्यकलाकार नारायण बस्यालको रोचक प्रस्तुति पनि समेटिएको थियो।