साप्ताहिक संवाददाता
अहिले बजारमा चलेका फेसनेबल पहिरनहरू के-के छन्?
लेहेङ्गा, लोरलेट लेहङ्गा, अनारकली, प्याचवाला साडी, पाकी साडी, लेहङ्गा कुर्तामा बेली वटन सुरुवाल वा पाइजामा बढी चलेका फेसनेबल पहिरनमा पर्छन्।
लेहेंगा कस्तो पहिरन हो?
लेहेङ्गा थ्री पिस पहिरन हो। यसको सल, ब्लाउज र स्कर्टको रूप पनि फरक-फरक हुन्छ। यो मरमेड र फिस सेपमा बढी राम्रो देखिन्छ। यो चोली वा ब्लाउजमा पनि विविधता भएको पहिरन हो। अहिले यसमा फ्युजन डिजाइन बढी चलेको छ।
लेहेंगा कसरी तयार गरिन्छ?
ग्लोबलाइजेसन स्टाइलमा तयार गर्ने चलन आएको छ। विश्वबजारमा चलेको फेसन हेरर त्यसलाई नेपाली ढाँचामा तयार गरिन्छ। त्यस्ता पहिरन नेपालीहरूले बढी रुचाउँछन्।
लेहेंगामा कस्ता मटेरियल प्रयोग हुन्छ?
भिसकस, ब्रोकेट, भेलभेट, नेट तथा सिमर साइनिङ आदि फेबि्रकमा लेहेङ्गा तयार गर्न सकिन्छ। पिंक टोन, डार्क लाइट सेटमा राम्रो हुन्छ। पर्पल पिंक, वेवी पिंक, ओरेन्ज तथा प्यारोट गि्रन अहिले चलेका रंग हुन्।
लेहंेगा कुन उमेरका महिलाहरूले लगाउने पहिरन हो?
समग्रमा भन्नुपर्दा, पास्नी गर्ने उमेरदेखि ६० वर्षसम्मका महिलाहरूले लेहेङ्गा लगाउन सक्छन्, तर यसमा २० देखि २५ वर्षका युवतीहरू बढी आकषिर्त छन्।
लेहेंगा कति खर्चमा तयार गर्न सकिन्छ?
क्याजुअल पहिरन भएकाले १ हजारदेखि ९० हजार रुपैयाँसम्मका लेहेङ्गा तयार गर्न सकिन्छ।
पर्वहरू नजिकिँदै छन्, यस्ता अवसरका लागि कस्तो डिजाइनको लेहेंगा उपयुक्त हुन्छ?
विवाहित वा अविवाहित दुवै थरिका महिलाका लागि गोल्डेन चोली, रेड स्कर्ट, रेड सल भएको सरल र सहज लेहेङ्गा आकर्षण मानिन्छ। भेलभेटको चोलीमा पनि राम्रो लेहेङ्गा तयार हुन्छ। क्यारी गर्न सजिलो र कम मूल्यमा पनि बन्न सक्ने भएकाले म यही पहिरन लगाउन सल्लाह दिन्छु।