भाद्र २०, २०७१
सो.
पिसाब पोल्नु, पिसाब पहंेलो हुनु तथा धेरै पटक पिसाब हुनु पिसाबनलीको संक्रमणको लक्षण हो। महिलाको युरेथ्रा सानो (४ सेन्टिमिटर) हुने अनि योनिमार्ग तथा मलद्वार पनि नजिकै भएकाले पिसाबको संक्रमण हुने सम्भावना बढी हुन्छ। अझ पानीको सेवन कम गरे यो सम्भावना बढेर जान्छ। तपाईंमा यौनाङ्ग चिलाउने तथा सेतो पानी बग्ने समस्या देखिएकाले भजाइनल क्यान्डियासिस भएजस्तो बुझिन्छ। यो योनिमार्गमा फन्जाईले गरेको संक्रमण हो। यस्तो अवस्थामा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ। तपाईंको दुवै समस्या पटक-पटक दोहरिन सक्ने साधारण समस्या हो। स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराएर आवश्यक परामर्शसहित केही औषधिको सेवनले तपाईंलाई आराम प्रदान गर्छ।