बौद्ध धर्मावलम्बीहरूले आफ्ना दिवंगत आफन्तको पार्थिव शरीरलाई गाडेको वा जलाएको स्थानमा माने बनाउने चलन छ। यसरी बनाइने मानेलाई ऐतिहासिक वा सांस्कृतिक महत्त्वका साथ हेर्ने चलन छ। नेपालका कतिपय स्थानमा बनाइएका माने सयौं वर्ष पुराना छन्। यस्ता मानेको संरचना र त्यहाँ कुँदिएका अक्षरहरू अध्ययन गर्दा नेपालको परम्परागत मृत्यु संस्कारका बारेमा पर्याप्त जानकारी हासिल गर्न सकिने अविन्द्र तामाङ बताउँछन्। नेपालको पूर्वी क्षेत्रमा यस्ता माने बनाउने चलन अझै छ। विशेष गरेर तामाङ, शेर्पा, योल्मू तथा लाप्चा जातिले माने बनाउने चलन छ। मानेभित्र बहुमुल्य धातु राखिने भएकाले अहिले त्यस्ता मानेहरू फोरिने क्रम पनि तीव्र छ।