सांगीतिक समूह 'भैरवी' ले कम समयमै स्रोताहरूको मन जितेको छ। सांगीतिक धुन प्रस्तुत गर्ने यो समूहले भरखरै मात्र 'नेपाल' शीर्षकको एल्बम सार्वजनिक गरेको थियो। आगामी महिना सांगीतिक कार्यक्रमका क्रममा युरोपका विभिन्न देशको भ्रमण गर्ने तयारीमा रहेको यो समूहले परम्परागत बाजाहरू खिँ, धिमे, सारंगी आदिबाट मात्र धुन सिर्जना गरिरहेको छ। समूहमा आशिष महर्जन (बाँसुरी), प्रिन्स नेपाली (सारंगी), सञ्जय महर्जन (मेटल पर्कुसन), नरेश प्रजापति (मादल, ढोलक, खिं), युसोन महर्जन (धिमे, मादल), अनिल धिताल (गिटार, तुंगना) तथा रवीन्द्र महर्जन (बाँसुरी) आबद्ध छन्।